सौर्यको जहाज दुर्घटनामामा ज्यान गुमाउने को–को छन्

<span class='c1'>सौर्यको जहाज दुर्घटनामामा ज्यान</span> <span class='c2'>गुमाउने को–को छन्</span>

विराटनगर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जनाको मृत्यु र एकजना घाईते भएको नेपाल नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जानकारी दिइएको छ ।

दुर्घटनास्थलबाट १८ जनाको शव संकलन भएको र एकजनाको उद्धार भएको जानकारी दिइएको हो । बुधबार ११ः११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा उडेको बिमानमा चालकदलसहित १९ जना सवार रहेका थिए । विमानमा सौर्य एयरलाइन्सका कर्मचारीहरु मात्रै रहेको प्रहरीले बताएको छ ।

विमानमा क्याप्टेन मनिषरत्न शाक्य (घाइते) र को–पाइलट संजित कटुवाल रहेका थिए । विमानमा सवार कर्मचारीहरूमा अमित मान महर्जन, सागर आचार्य, दीलिप वर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीप लाल जोशी, सर्वेश मरासिनी, श्याम विन्दुकार, नवराज आले,राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञ प्रसाद पौडेल, सन्तोष महतो, पुन्यरत्न शाही र आरिफ रेडा रहेका छन् । आरिफ भने विदेशी नागरिक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्