विराटनगरमा होटल रत्ना परिसरको सम्राट क्यासिनो : रातभर जुवा, दिनभर आपूर्तिकर्तासँग भागाभाग

<span class='c1'>विराटनगरमा होटल रत्ना परिसरको सम्राट क्यासिनो</span> <span class='c2'>: रातभर जुवा, दिनभर आपूर्तिकर्तासँग भागाभाग</span>

विराटनगर । विराटनगर बसपार्कस्थित होटल रत्ना परिसरमा सञ्चालित सम्राट क्यासिनोले मालवस्तु आपूर्तिकर्ताको रकम भुक्तानी गर्न आलटाल गरेको गुनासो बढ्दै गएको छ । रातभर जुवा खेलाइने क्यासिनोमा रक्सी, मासु, अण्डा, तरकारीसहित विभिन्न आइटमहरु सप्लाई गर्दै आएका व्यक्तिहरुको रकम भुक्तानी रोकेर क्यासिनोका जिम्मेवार व्यक्तिहरु काठमाण्डौं पुगेका हुन् ।

विराटनगरका धेरै सप्लायर्सकोको रकम बुझाउन बाँकी नै छ । झण्डै २५ लाख बराबरको मालवस्तुको रकम नबुझाएपछि उनीहरुले आन्दोलन गर्नेसम्मको योजना बनाएका छन् । मारुती वाइन सप्लायर्सको अभय प्रधानले आफ्नो पौने दुईलाख, किरानाको ५–६ लाख, तरकारीवालाको ढेड लाखसहित अन्डा, मासुको रकम नबुझाएको बताए । उनले एकातिरबाट सामान लिएर बाँकी भएपछि अर्कोसँग सामान लिने गरेकोले आन्दोलनमा उत्रनु पर्ने स्थिति आएको बताए । द ह्याभेन सप्लायर्स विराटनगर–१२ का सञ्चालकका अनुसार चारलाख रुपैँया बाँकी रहेको छ । चार महिनादेखिको बाँकी रहेको विपिन रजकले जानकारी दिए ।

क्यासिनोका निर्देशक लक्ष्मीप्रसाद सेढाईले भने सरकारले अग्रिम कर दाखिला गर्नुपर्ने आर्थिक ऐन जारी गरेकोले अहिले त्यसको लफडा मिलाउनतर्फ केन्द्रीत रहेको बताए । उनका अनुसार चालु आर्थिक वर्षका लागि अग्रिम कर दाखिला गर्ने समय गत वर्षको असार ३१ गतेसम्म थियो । कर बुझाउन नसकेपछि सरकारले साउन २ गते पत्र काटेर बन्द गर्न निर्देशन दियो । निर्देशनपछि सम्राटले १५ दिनको म्याद माग्दै उच्च अदालत विराटनगरबाट स्टेअर्डर लियो । त्यसका आधारमा साउन १६ गतेभित्र दुई करोड रुयैँया दाखिला गर्नुपर्ने तयारी गर्नुपर्ने भएकोले सप्लायर्सको भुक्तानी रोकिएको सेढाँईले बताए ।

उनले विराटनगरका सबै सप्लायर्सको २० लाख रुपैँया बुझाउन बाँकी रहेको बताए । पन्ध्र करोड मूल्यांकन भएको सम्राट क्यासिनो दिपक गुरुङको हो । सरकारले मिनी क्यासिनोलाई दुई करोड र ठूलोलाई पाँच करोड रुपैँया अग्रिम कर दाखिला गर्नका लागि आर्थिक ऐनमार्फत बाध्यकारी व्यवस्था जारी गरेको छ । यस अगाडी क्यासिनो चलाउनेहरुले सरकारलाई बुझाउनु पर्ने रोयल्टी नबुझाएकोले चालु आर्थिक वर्षदेखि अग्रिक रोयल्टीको प्रावधान ल्याइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्