प्रधानमन्त्रीद्वारा सौर्य एयरलाइन्सको जहाज दुर्घटनाप्रति दुःख व्यक्त

<span class='c1'>प्रधानमन्त्रीद्वारा सौर्य एयरलाइन्सको जहाज</span> <span class='c2'>दुर्घटनाप्रति दुःख व्यक्त</span>

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सौर्य एयरलाइन्सको जहाज दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

बुधबार सामाजिक संञ्जाल फेसबुकमा लेख्दै ओलीले उक्त दुर्घटनाप्रति धैर्य रहन अनुरोध गर्दै दुःख व्यक्त गरेका हुन् ।

उनले लेखेका छन्,’नियमित प्राविधिक परीक्षणका लागि पोखरा उड्न लाग्दा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जना प्राविधिक र क्र्यु मेम्बरको निधनले अत्यन्त दुःख लागेको छ । नागरिक उड्ययन प्राधिकरणका अधिकारीलाई भेटेर यसको कारण बुझ्न घटनास्थल आइपुगेको छु। अहिले विमानस्थल सञ्चालनमा आइसकेको छ । यो दुःखद घडीमा सबैलाई धैर्य रहन अनुरोध गर्दछु ।’

सौर्य एयरको विमान दुर्घटनाबारे जानकारी लिन प्रधानमन्त्री केपी शर्मा ओली दुर्घटनास्थल पुगेका थिए । मर्मतका लागि पोखरातर्फ जाँदै गरेको विमान बुधबार बिहान ११ः११ मा त्रिभुवन विमानस्थल परिसरमै दुर्घटनामा परेको थियो । विमानमा चालक दलका २ सदस्यसहित १९ जना सवार थिए ।क्याप्टेन एमआर शाक्यको जीवितै उद्धार गरिए पनि १८ जनाको मृत्यु भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्