विराटनगरका तीनजनासहित, सप्तरीका पत्रकार खतिवडाका छोरी–ज्वाँई र नातिको समेत निधन

<span class='c1'>विराटनगरका तीनजनासहित, सप्तरीका पत्रकार खतिवडाका</span> <span class='c2'>छोरी–ज्वाँई र नातिको समेत निधन</span>

विराटनगर । त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको सौर्य एयरको ९ एन–एएमई सिआरजे–२०० जहाज दुर्घटनामा सप्तरीका अग्रज पत्रकार प्रकाश खतिवडाकी छोरी–ज्वाँई र नातिको समेत निधन भएको छ ।

मृत्यु भएका १८ जना मध्ये तीनजना पत्रकार खतिवडाको परिवारका सदस्य रहेको खुलेको हो । यसैगरी विराटनगरका समेत तीनजना रहेको खुलेको छ ।

दुर्घटनामा मृत्यु भएका जहाजका को–पाइलट सुशान्त कटुवाल, इन्जिनियर अश्विन निरौला र सुरक्षा (सेफ्टी चिफ) सागर आचार्य विराटनगरवासी भएका सौर्य एयरलाइन्स विराटनगर स्टेशन म्यानेजर प्रकाश पौडेलले जानकारी दिएका छन् । त्रिभवुन विमानस्थल स्रोतका अनुसार काठमाडौंबाट पोखराका लागि उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटनाग्रस्त भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्