कांग्रेसद्वारा विमान दुर्घटनाप्रति दुःख व्यक्त

<span class='c1'>कांग्रेसद्वारा विमान दुर्घटनाप्रति</span> <span class='c2'>दुःख व्यक्त</span>

काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनाप्रति नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ ।

कांग्रेसले विज्ञप्ती जारी गर्दै दुःख व्यक्त गरेको हो ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तीमार्फत सभापति शेरबहादुर देउवाले घटनाप्रति गहिरो दुःख व्यक्त गरेको जनाएका छन् । देउवाले दुर्घटनामा परि मत्यु भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति समवेदना प्रकट गरेका छन् । विज्ञप्तीमा भनिएको छ, ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट पोखराका लागि आज बिहान ११ः११ बजे उडेको सौर्य एयरलाइन्सको ९ एन–एएमई सीआरजे—७ को विमान विमानस्थलको परिसरभित्रै दुर्घटना हुँदा १८ जनाको मृत्यु र एक जना गम्भीर घाइते भएको घटनाप्रति नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्नु भएको छ । दुर्घटनामा परि दिवंगत हुनु भएकाहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सभापति देउवाले उहाँहरुको आत्माको चीर शान्तिको कामनाका साथ शोकाकूल परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट हार्दिक समवेदना प्रकट गर्नु भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्