जनचेतना बढ्यो तर घट्दैन घरेलु हिंसा

<span class='c1'>जनचेतना बढ्यो तर</span> <span class='c2'>घट्दैन घरेलु हिंसा</span>

इन्दु साह
विराटनगर । घरेलु हिंसाबाट पीडित ४२ वर्षीय सुनीता साहको दैनिकी विभिन्न न्यायिक निकाय र मिडियाहाउस धाएर वित्ने गरेको छ । विगत ६ वर्षदेखि उनी घरेलु हिंसाको शिकार भएकी छिन् । मोरङको धनपालथान–२ का श्यामप्रसाद साहले २०७३ साल २ महिना ८ गते भारतको उत्तर प्रदेशकी सुनिता साहसंग विवाहा गरेका थिए ।

सुनिताको श्रीमान सहित स–परिवारले मरणासन्न हुनेगरी कुटपिट गर्ने गरेका छन् । केहिवर्षदेखि उनले मोरङ जिल्ला अदालतमा मुद्दासमेत लडिरहेकी छिन् । उसो त मोरङ जिल्लाको तिन वर्षको घरेलुहिंसाको तथ्याङ हेर्दा सामान्य रुपमा मात्र घटेको द्खिन्छ । अझै कतिपयले अदालत गए इज्जत जाने सोचेर पनि मुद्दा गर्दैनन् ।

समाजमा यत्तिका जनचेतनामुलक कार्यक्रम, शिक्षा लगायतको कार्य गर्दा समेत घरेलुहिंसामा सुधार आएको छैन । आर्थिक वर्ष २०८०।८१ मा १ सय ६४ मुद्दा मोरङ जिल्ला अदालतमा दर्ता भएका छन् । यि मध्ये ९० मुद्दा फछ्रयौट भएका छन् । भने ७४ मुद्दा बाँकी रहेका छन् । अदालतका सुचना अधिकृत हेम बहादुर बुढाथोकीका अनुसार घरेलु हिंसाका मुद्दा आउनुको मुख्य कारण पुस्तान्तरको सोचाईले प्रभाव पार्नसक्ने बताए । उनका अनुसार मतभिन्नता , रोजगारी, आर्थिक व्यवहार लगायतका समस्या रहेका छन् ।

यदि परिवारमा नयाँ पुस्ताका बुहारी आाए सासुसँग विचार नमिल्ने हुँँदा पनि बुहारी घरेलुहिंसाको शिकार भएको अवस्था रहेको बुढाथोकी बताउँछन् । यस्तै घरेलु हिंसामा बुहारी, बालबालिका, श्रीमान, ज्येष्ठ नागरिक लगायत पर्ने गरेका छन् । अदालतमा दर्ता हुने मुद्दामा प्रमाण पुगे पिडकले सजाए पाउने गरेका छन् । तर धरै जसो घरेलु हिंसाको मुद्दामा मेलमिलाप हुने गरेको देखिन्छ । यस्तै २०७९।८० मा जम्मा १ सय ८१ घरेलु हिंसाका मुद्दा दर्ता भएका थिए । यस्तै २०७८।७९ मा १ सय ९१ मुद्दा जिल्ला अदालतमा दर्ता थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्