व्यवसायीसँग रजिष्ट्रेशन सर्टिफिकेट हुनुपर्छ : गणेश पराजुली

<span class='c1'>व्यवसायीसँग रजिष्ट्रेशन सर्टिफिकेट हुनुपर्छ</span> <span class='c2'>: गणेश पराजुली</span>

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सदस्य गणेश पराजुलीले देशको जुनसुकै ठाउँमा कारोबार गरे पनि व्यवसायीसँग रजिष्ट्रेशन सटिफिकेट हुनुपर्ने बताएका छन् ।

उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै पराजुलीले नेपाली नागरीकले व्यवसाय गर्दा सुरूमै दर्ता गरेर सर्टिफिकेट हुनुपर्ने जनाएका हुन् ।

उनले भने, ‘आज हामी जे गरिरहेका छौं, यसलाई डिजिटलमा कन्भर्ट गर्दैछौं, व्यवसाय गर्दा कता दर्ता गर्ने भन्ने अचम्मको कुरा छ, । नेपाली नागरीकले नेपाल भित्र व्यवसाय कारोवार गर्दैगर्दा खेरी सबैभन्दा पहिला नेपालको सम्बन्धित निकायमा दर्ता गर्नैपर्छ, तर देशको जुनसुकै ठाउँमा कारोवार गरे पनि व्यवसायीसँग रजिष्ट्रेशन सर्टिफिकेट हुनैपर्छ । ’

साथै उनले यो व्यवसायलाई दर्ता गर्न डिजिटल प्रणालीमा परिवर्तन गरेर लग्ने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्