जहाज दुर्घटनामा प्रत्यक्षदर्शीले भने : ‘पाइलट भाग्यले बाँचे’

<span class='c1'>जहाज दुर्घटनामा प्रत्यक्षदर्शीले भने</span> <span class='c2'>: ‘पाइलट भाग्यले बाँचे’</span>

काठमाडौं । पोखरा उडानका क्रममा सौर्य एयरलाइन्सको ९ एन एएमई जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको छ।

एयरलाइन्सका १९ टेक्निकल स्टाफसहितलाई लिएर पोखराको लागि उडान भर्ने क्रममा बुधबार सौर्यको जहाज दुर्घटनामा परेको हो ।

विमानस्थलमा दुर्घटना हुँदा प्रत्यक्षदर्शी राज चौंलागाईंले सुरूमा धुवा आएर बङ्कर्मा ठोक्किएको बताए । उनले ठोकिएपछि जहाज दुई टुक्रा भएर खाल्डोमा खसेको जिकिर गरे । उनले भने, ‘जहाज पहिले नै हिट भइसकेको थियो होला त्यसपछि भित्तामा हिट भइसकेपछि जहाजमा आगलागी भयो, घिस्रिने क्रममा जहाजको ककपीट एयर डाइनेस्टीको कन्टेनरमा ठोकियो । कन्टेनरलाई घिसारेर तल पुर्‍यायो । जहाजको एक भाग यसैमा अड्कियो । अर्को भाग उछिट्टिएर अझै पर पुग्यो । दुवै ठाउँमा ठूलो आगलागी भयो, केही बाच्ने अवस्था थिएन तर पाइलट भाग्यले बाँचे होलान्। ’ उनले यस्ता घटनाहरूमा सरकारले ध्यान दिनुपर्ने बताए । समयमै उद्दार भए पनि सरकार यस्ता घटनामा जहिले कमजोर रहेको दाबी गरे ।

यस्तै यो घटनाका प्रत्यक्षदर्शी सुनिल केसीले सुरक्षाकर्मी सबैले उद्दारमा राम्रोसँग आफ्नो कर्तव्य निभाएको बताएका छन् । उनले यो छोटो समयमा सबैको उद्दार गर्न सफल सुरक्षा टोलीलाई धन्यवाद समेत व्यक्त गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्