शिक्षादिपमा व्यवस्थापन र होटल मेनेजमेन्टमा भर्ना भएका विद्यार्थीलाई अभिमुखिकरण

<span class='c1'>शिक्षादिपमा व्यवस्थापन र होटल मेनेजमेन्टमा</span> <span class='c2'>भर्ना भएका विद्यार्थीलाई अभिमुखिकरण</span>

विराटनगर । विज्ञान संकायमा मात्रै होइन व्यवस्थापन र होटल म्यानिजमेन्टको क्षेत्रमा पनि अब्बल सावित भएको विराटनगरको शिक्षादीप कलेजमा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई स्वागत गर्दै अभिमुखिकरण गराएको छ ।


कलेजले बुधबार एक कार्यक्रम आयोजना गरी व्यवस्थापन र होटल मेनेजमेन्टमा कक्षा ११ मा भर्ना भएका नयाँ तीन सय बढी विद्यार्थीहरुलाई अभिमुखिकरण गराएको हो । आउँदो साउन १४ गतेबाट कक्षा संचालन हुने भएपछि कलेजको नियम र पढाइप्रति विद्यार्थीहरुलाई जागरुप बनाउने उद्देश्यले अभिमुखिकरण गराएको कलेजका प्रिन्सिप ज्ञानबहादुर खड्काले जानकारी दिए ।
कार्यक्रममा बोल्दै कलेजका प्रिन्सिपल खड्काले विद्यार्थीको भबिष्य उज्ज्वल बनाउन हामी कुनै पनि कसुर बाँकी नराख्ने बताए । ‘विद्यार्थीको कडा मेहनतका कारणले सफलता प्राप्त हुने हो । विद्यार्थीलाई सफतामा पुर्याउन कलेज लागि पर्नेछौं,’ प्रिन्सिपल खड्काले भने, ‘त्यसको लागि विद्यार्थीले मेहनत गर्नुपर्ने हुन्छ ।’ अध्यापनको क्रममा विद्यार्थीलाई बढीभन्दा बढी अन्तरक्रियात्मक बनाउने शिक्षण विधि कलेजले अपनाएको उनले बताए ।


कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरु अभि सिवाकोटी, उज्जवल ओझा, निलु साह, बृज कुमार रोयले गुणस्तरीय शिक्षा शिक्षादीप कलेजले दिने भएपछि पहिलो रोजाइमा परेको बताए । कार्यक्रममा कलेजका निर्देशक शैलेन्द्र शिवाकोटीले शिक्षादीप भविष्य निर्माण गर्ने कलेज भएको बताए । उनले सपना बोकेर शिक्षादिप कलेज रोजेका विद्यार्थीहरुको उज्ज्वल भबिष्यको शुभकामना दिए ।


कार्यक्रममा कलेजका निर्देशक डा. बिमल श्रीवास्तव, सिए तिर्थ राज यादव, व्यवस्थापन संकायका प्रमुख शंकर भट्टराई, सोल्टी होटलका डाइरेक्टर रुपेश श्रेष्ठ लगायतले विद्यार्थीहरुलाई विद्यार्थी जिवनमा पढाईको महत्वको बारेमा मोटिभेट गराएका थिए । कार्यक्रममा कक्षा १२ का विद्यार्थीहरुले सास्कृतिक प्रस्तुती समेत प्रदान गरेका थिए । यसअघि कक्षा ११ को विज्ञान संकायमा भर्ना भएका नयाँ ९४५ जना विद्यार्थीलाई शिक्षादीप कलेजले अभिमुखिकरण गराइसकेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्