कोशी प्रदेश प्रथम विद्यार्थीलाई हिमालय दर्शन कलेजको सम्मान

<span class='c1'>कोशी प्रदेश प्रथम विद्यार्थीलाई</span> <span class='c2'>हिमालय दर्शन कलेजको सम्मान</span>

विराटनगर  ।  विराटनगर ९ मा रहेको हिमालय दर्शन कलेजले कोशी प्रदेश टप गर्ने यसै कलेजका विद्यार्थीहरुलाई सम्मान गरेको छ ।  वि आइ एम छैटौं सेमेस्टरको त्रि वि ले हालै प्रकाशित गरेको परीक्षाफलमा ३.९३ एस जि पि ए ल्याई कोशी प्रदेशमै टप गर्ने छात्रा आश्मा तुलाधर र ३.८८ एस जि पि ए ल्याई कोशी प्रदेशमै तेस्रो हुन सफल छात्रा सपना झा लगायत उत्कृष्ट एस जि पि ए ल्याउन सफल सम्पुर्ण विद्यार्थिहरुलाई कलेजले एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ ।


सम्मानित उत्कृष्ट परीक्षाफल ल्याउने विद्यार्थीलाई कलेजले नियमानुसार छात्रवृति समेत दिने जानकारी क्याम्पस प्रमुख भरत सापकोटाले दिए । सम्मानित विद्यार्थीलाई कलेजका डाइरेक्टर शैलेन्द्र सिवाकोटी र भेषराज पोखरेल, को अर्डिनेटर भुपाल मिश्र, सुमित साह, कुशल निरौला र अन्जु भुजेल लगायत शिक्षकहरुले समेत सम्मान गरेका थिए ।  कोशी प्रदेशमै यस कलेज विएचएम., विआइएम.,विसिए., वि.यससि.सिएसआइटी.र विविएस.अध्ययनका लागि विद्यर्थीहरुको पहिलो रोजाईमा परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्