प्रदेश सरकार गठनका विषयलाई लिएर कांग्रेसभित्र असन्तुष्टि बढ्यो

<span class='c1'>प्रदेश सरकार गठनका विषयलाई</span> <span class='c2'>लिएर कांग्रेसभित्र असन्तुष्टि बढ्यो</span>

काठमाडौं । केन्द्रमा नयाँ सत्ता समीकरण बनेसँगै प्रदेशमा पनि नयाँ समीकरण अनुसार सरकार निर्माण हुनेक्रम चलिरहेको छ । तर प्रदेशमा नयाँ सरकार गठनका विषयलाई लिएर नेपाली कांग्रेसभित्र असन्तुष्टि बढेको छ ।

सभापति शेर बहादुर देउवाले प्रदेश सरकार गठन र मन्त्रीहरुको नाम सिफारिस गर्नेक्रममा एकलौटी गरेको भन्दै बरिष्ठ नेता डा.शेखर कोइराला समूहले असन्तुष्टि व्यक्त गरेको छ । सरकार गठन र पठाउने मन्त्रीहरुका सवालमा देउवाले अहिलेसम्म कोइरालासँग कुनै प्रकारको सल्लाह र समन्वय नगरेको इतर समूहका नेताहरुले बताएका छन् ।

प्रदेश सरकार गठन र आफ्नो समूहको सहभागीताबारे हिजो २०८१ श्रावण ८ गते मंगलबार दिउसो बिशालनगरस्थित आफ्नो सम्पर्क कार्यालयमा बृहत अन्तरक्रिया गर्दै अन्य प्रदेशको सरकार गठनमा आफ्नो समूहलाई सल्लाह र समन्वय नगरे देउवाको एकल निर्णय अस्वीकार गर्ने चेतावनी दिएको छ ।
डा। कोइरालाले उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा र लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनसँग छलफल गरेका थिए । छलफलमा कोशीमा–२ वाग्मतीमा–३ गण्डकीमा २, लुम्बिनीमा, २, कर्णालीमा, १ र सुदुरपश्चिममा, १ जना मन्त्री आफ्नो समूहलाई दिनुपर्ने निष्कर्ष निकालेको थियो।
बैठक सकिएलगत्तै डा. कोइरालाले सभापति देउवालाई फोन गरेर आफ्नो समुहको धारणा सुनाउनुभएको कोइरालाको निजी सचिवालयले जानकारी दिएको छ। सचिवालय स्रोतले भन्यो, ‘कोइराला–देउवा संवादपछि अहिलेसम्म सभापतिबाट कुनै जवाफ आएको छैन । र विभिन्न प्रदेशमा भईरहेको सरकार गठनबारे सञ्चार माध्यममा आएका समाचारबाहेक कोइराला पुर्ण रुपमा बेखबर हुनुहुन्छ ।’

यता, कांग्रेसका महामन्त्रीद्वयले सभापति देउवालाई लिखित ध्यानाकर्षण बुझाउने भएका छन् । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले सभापति देउवालाई भेटेर लिखित रूपमा विभिन्न विषयमा ध्यानाकर्षण गराउने तयारी गरेका हुन् । महामन्त्रीद्वयले मन्त्रिपरिषद् विस्तार गर्दा समावेशितालाई ख्याल नगरेको‚ विवादित र स्वार्थ बाझिने सांसदहरूलाई मन्त्री बनाएको विषयमा ध्यानाकर्षण गराउने तयारी गरेका हुन् । कोइराला समूहलाई वाइपास गर्दै देउवाले वुधबार बागमती र लुम्बिनीमा नयाँ समीकरण अनुसार गठन भएको सरकारमा एकलौटी रुपमा मन्त्रीहरुको नाम सिफारिस गरेका छन् । बागमती प्रदेशमा कांग्रेस नेता बहादुर सिंह लामाको नेतृत्वमा नयाँ मन्त्रिमण्डल बनेको छ भने लुम्बिनीमा एमालेका चेतनारायण आचार्यको नेतृत्वमा सरकार गठन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्