अमेरिकी संसदमा नतोन्याहु : हमासको पराजय इरानका लागि ठूलो झट्का

<span class='c1'>अमेरिकी संसदमा नतोन्याहु : हमासको</span> <span class='c2'>पराजय इरानका लागि ठूलो झट्का</span>

काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी संसदको संयुक्त बैठकलाई सम्बोधन गरेका छन् ।

बुधबार करिब एक घण्टा सम्बोधनको अवधिमा इरानलाई अमेरिका र इजरायलको सबैभन्दा ठूलो शत्रु भएको बताए । नेतन्याहुले अमेरिकी सांसदहरूलाई अब विजय धेरै नजिक रहेको बताउँदै हमासको पराजय इरानका लागि ठूलो झट्का हुने दावी गरे । उनले हिजबुल्लाहलाई कुचल्ने धम्की दिए र इजरायलले आफ्ना जनतालाई सुरक्षित राख्न सबै आवश्यक कदम चाल्ने बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

नेतान्याहुले इरानलाई अमेरिका, इजरायल र अरब देशका लागि चुनौती रहेको बताउँदै यस्तो बेला अमेरिका र इजरायल एकसाथ उभिनुपर्नेमा पनि जोड दिए।
प्रधानमन्त्री नेतन्याहु अमेरिकी संसदमा पुग्दा उनलाई २ मिनेट १६ सेकेन्डको स्ट्यान्डिङ ओभेशन दिइएको थियो । सो क्रममा केही सांसदहरुले गाली पनि गरेका थिए । संसदमा एलोन मस्क पनि अतिथिको रुपमा उपस्थित भएका थिए ।
नेतान्याहुले सेप्टेम्बर ११ जस्तै अक्टोबर ७ इजरायलीहरूका लागि कालो दिन भएको बताएका छन् । अमेरिकाको न्यूयोर्कमा सन् २०११ सेप्टेम्बर ११ मा आतंकवादी हमला भएको थियो ।

यसैगरी बन्धकहरुलाई रिहा गर्ने प्रयास भइरहेको बताउँदै अमेरिकी राष्ट्रपति जो बाइडेनले बन्धकहरूलाई मुक्त गर्न गरेको प्रयासको पनि प्रशंसा गरेका छन् ।
नेतान्याहुले युद्ध समाप्त भएपछि गाजामा सरकार गठन गर्नेले इजरायललाई कहिल्यै पनि हानि गर्ने प्रयास नगर्ने बताएका छन् । यसैगरी उनले अमेरिकासँग सैन्य सहायता बढाउन पनि माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्