साैर्य विमान दुर्घटनाकाे शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाइँदै

<span class='c1'>साैर्य विमान दुर्घटनाकाे शोकमा आज</span> <span class='c2'>राष्ट्रिय झण्डा आधा झुकाइँदै</span>

काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाइने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले झण्डा झुकाउने निर्णय गरेको थियो ।

यस्तै बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त विमान दुर्घटना बारे छानबिन गर्न रतिशचन्द्रलाल सुमनको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ। दुर्घटनाको छानबिन गर्न नागरिक उड्ययन प्राधिकरणका पूर्वमहानिर्देशक सुमनको नेतृत्वमा समिति गठन गरेको हो ।

पाँच सदस्यीय छानबिन समितिलाई ४५ दिनभित्र सत्यतथ्य अध्ययन गरी प्रतिवेदन बुझाउन भनिएको छ । सरकारले आगामी दिनमा विमान दुर्घटना हुन नदिन अपनाउनु पर्ने सुझावसहितको प्रतिवेदन पेस गर्न समितिलाई निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्