झापा, सुनसरी र धनकुटाबाट प्रतिबन्धित लागुऔषधसहित सात जना प्रहरीको नियन्त्रणमा

<span class='c1'>झापा, सुनसरी र धनकुटाबाट प्रतिबन्धित</span> <span class='c2'>लागुऔषधसहित सात जना प्रहरीको नियन्त्रणमा</span>

विराटनगर । झापा, सुनसरी र धनकुटा जिल्लाको बिभिन्न स्थानहरुबाट प्रतिबन्धित लागुऔषधसहित ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बुधबार दिउसो अस्थायी प्रहरी पोष्ट रेल्वेबाट खटिएको प्रहरीको टोलीले धरान उप-महानगरपालिका-११ घर भएका २१ वर्षीय अर्जुन बराईलीको कोठाबाट ट्रामाडोल २४ सय २० क्याप्युस फेला पारी उनलाई नियन्त्रणमा लिएको थियो ।

यसैगरी जिल्ला प्रहरी कार्यालय सुनसरीबाट हिजो दिउँसो बिशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले ईनरुवा नगरपालिका-४ स्थितबाट लागुऔषधको कारोबारमा संलग्न धनकुटा नगरपालिका-६ का ३० बर्षीय प्रितम राई, ३६ बर्षीय अमिर सुब्बा र ईनरुवा नगरपालिका-४ का ३२ बर्षीया लिला देबी यादबलाई ७ ग्राम ४ मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित नेपाली रुपैया १ लाख ५ हजार र बा.१३ च २८५५ नम्बरको स्कार्पियो गाडी समेत नियन्त्रणमा लिएको हो भने इलाका प्रहरी कार्यालय काँकडभीट्टा र लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले हिजो साँझ कमल गाँउपालिका-४ का ४१ वर्षीय धन बहादुर लिम्बुलाई २ ग्राम १९० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो ।

यसैगरी हिजो साँझ जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीको टोलीले पाख्रिबास नगरपालिका-३ का २७ वर्षीय सरोज तामाङ र २३ वर्षीय पवन बस्नेतलाई ९३५ मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित धनकुटा नगरपालिका-१ त्रिशुले स्थितबाट नियन्त्रणमा लिएको छ ।

प्रतिबन्धित लागुऔषधसहित पक्राउ परेका उनीहरुको घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्