विराटनगरवासीको रिङ्गरोड सपना : बल्लबल्ल साढे तीन किलोमिटर कालोपत्रे ठेक्का, त्यसमा पनि म्याद थप

<span class='c1'>विराटनगरवासीको रिङ्गरोड सपना : बल्लबल्ल साढे तीन</span> <span class='c2'>किलोमिटर कालोपत्रे ठेक्का, त्यसमा पनि म्याद थप</span>

विराटनगर । संघ र प्रदेशको तानातानमा परेको विराटनगर बाहिरी चक्रपथ निर्माण २७ वर्षदेखि अलमलमा छ । चालु आर्थिक वर्षमा दश करोड रुपैँया बजेट सडक डिभिजनमा आएपनि ठेक्का व्यवस्थापनमा ढिलाई हुँदा समयावधी बढाउनु परेको छ । विराटनगरलाई फराकिलो बनाउने बाहिरी चक्रपथ निर्माण योजना ४२ किलोमिटर दुरीको छ । विराटनगर महानगर, कटहरी, ग्रामथान र बुढीगंगा गाउँपालिकालाई समेट्ने योजनाको अझै दुई किलोमिटर ट्रयाक खोल्न बाँकी अवस्थामा रहेको छ ।

हालसम्म ३७ किलोमिटर ग्राभेल, तीन किलोमिटर कालोपत्रे र दुई किलोमिटर ट्रयाक खोल्न बाँकी रहेको स्थितिमा गुज्रिरहेको चक्रपथ योजनाका लागि मोरङको ग्रामथानस्थित झोराहाट र विराटनगरको दरैया वस्तीमा मुआब्जाको सामान्य विवाद छ । तर, यो विवाद स्थानीय तहमार्फत टुङ्ग्याउन सकिनेस्तरकै रहेको छ ।

चक्रपथ योजना संघ र प्रदेशको तानातानमा पर्दा गत आर्थिक वर्षको ठेक्का व्यवस्थापन ढिलाई हुन पुगेको हो । २०७५ सालमा प्रदेश सरकारमा हस्तान्तरण भएको आयोजनाको काम एकरति पनि बढ्न सकेन । गतवर्ष मंसिरमा अर्थ मन्त्रालयले भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत खर्च गर्ने गरी स्रोत सुनिश्चित गरिदिएपछि अहिले पुनः संघ मातहत नै फर्काइएको हो । गत आर्थिक वर्षमा दश करोड रुपिँया बजेट भौतिक पूर्वाधार मन्त्रालय हुँदै सडक डिभिजन कार्यालय विराटनगरमार्फत कार्यन्वयन सुरु गरिएको थियो ।

विराटनगर डिभिजन सडकले चक्रपथ निर्माणका लागि गत माघ १८ गते ठेक्का आह्वान गरेको थियो । विराटनगरले विराटनगर–१२ बखरीदेखि साढे तीनकिलोमिटर दुरीको कालोपत्रे गर्ने गरि ठेक्का अनुसारको काम भने असारसम्ममा नसकिएपछि म्याद थप गरेर असोजसम्म पु¥याइएको छ । ठेक्कामा विराटनगर–१२ देखि बुढीगंगाको नेमुवातर्फको साढे तीन किलोमिटरमा अस्पाल्ट कालोपत्रेसहितको ठेका लागिएको थियो । ग्राभेल, रेटिनिङ्ग, क्रस ड्रेनेजका संरचनासहित कालोपत्रेको कामका लागि ठेक्का आह्वान गरिएकोमा हालसम्म ५० प्रतिशत भौतिक प्रगति हाँसिल भएको इन्जिनियर संजीवकुमार गुप्ताले जानकारी दिएका छन् ।

उनका अनुसार ठेक्का आह्वान र सम्झौता ढिला भएका कारण साउनसम्ममा ठेक्का व्यवस्थापनको काम नसकिएको हो । इन्जिनियर गुप्ताका अनुसार दश करोड बजेट बिनियोजन भएकोमा सात करोड ६७ लाख रुपिँयामा जोया एण्ड ब्रदर्स कन्ट्रक्सन प्रा.लि. इनरुवासँग सम्झौता भएको हो । चैतमा भएको सम्झौता अनुसार निर्माण कम्पनीले साढे तीन किलोमिटर दुरीमा बेसको काम सकेको उनले जानकारी दिए । विराटनगर–५ हुलाकी राजमार्गबाट केशलियातर्फ लाग्ने सडकले छोएको बिन्दुबाट काम सुरु गरिएको हो । जसमध्ये निर्माण कम्पनीले ५० प्रतिशत भौतिक प्रगति हाँसिल गरेर ४२ प्रतिशत भुक्तानी लिईसकेको छ । ठेक्का व्यवस्थापन समयमै नभएका कारण म्याद आगामी असोज मसान्तसम्मलाई बढाइएकोले कालोपत्रे सकिने विश्वास व्यक्त गरिएको छ ।

वर्षात् कम हुने अवस्था आए असोज अगाडी नै कालोपत्रे हुनसक्ने संकेत सडकका अधिकारीहरुको छ । असारमा बढी वर्षात् भएका कारण केहि काम गर्नसक्ने भएपनि गुणस्तरलाई ख्याल गर्दै रोकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्