एनसेल सधैं अन ग्राहकहरुको लागि पकेट फ्रेण्डली छ

<span class='c1'>एनसेल सधैं अन ग्राहकहरुको</span> <span class='c2'>लागि पकेट फ्रेण्डली छ</span>

निजी क्षेत्रको जीएसएम मोबाईल सेवा प्रदायक एनसेल संचालनमा आएको झन्डै २ दशक पुगिसकेको छ । नेपाली उपभोक्तालाई सस्तोमा गुणस्तरिय सेवा प्रदान गर्न एनसेलले निरन्तर काम गर्दै आएको छ । हाल मुलुकभर झण्डै १ करोड ३० लाख उपभोक्ताहरुलाई एनसेलले दूरसञ्चार सेवा प्रदान गरिरहेको छ । आफ्ना ग्राहकहरुलाई स्थानीय स्तरमा नै प्रत्यक्षरुपमा ग्राहक सेवा प्रदान गर्नका लागि मुलुभरका ७ वटै प्रदेशमा ३० वटा भन्दा बढी एनसेल सेन्टरहरु संचालन गर्दै आएको पनि छ । दुई महिना अगाडी आम सर्वसाधारण लक्षित ‘सधैं अन’ योजना सञ्चालनमा ल्याए पश्चात भर्खरै मात्र एनसेलले नेपाली व्यवसायिक जगतलाई ध्यानमा राखी डिजाइन गरिएको ‘बिज सधैं अन’ योजना सञ्चालनमा ल्याएको छ । नेपाली उपभोक्तालाई सधैं अनमार्फत सशक्त बनाउने प्रतिवद्धता अनुरुप फाइभजी भिजनमा आधारित यो नयाँ योजना ल्याएको छ । आज हामीले यसै विषयमा केन्द्रित रहेर एनसेलका कोशी प्रदेश व्यापार प्रबन्धक अम्बर भट्टचार्यसँग सहकर्मी प्रेम देवानले गर्नुभएको छोटो कुराकानीः

कोशी प्रदेशमा एनसेलको सेवा पहुँच र उपस्थिती को बारेमा बताईदिनुहोस् ?

कोशी प्रदेश भनेको बागमती प्रदेशपछिको ठूलो एनसेलको मार्केट लिएको बजार हो । कोशी प्रदेशमा हाम्रा ७ सय ५० वटा एनसेलका टावरहरु रहेका छन् भने, अहिले मुख्यगरी कोशी प्रदेशका ५ वटा शहरमा एनसेलका एनसेल सेन्टरहरु सञ्चालनमा रहेका छन् । जुन विराटनगर, ईटहरी, दमक, धरान र विर्तामोडबाट सेवा प्रदान गरिरहेका छन् । त्यसको अलवा कोशी प्रदेशमा ४ वटा डिष्ट्रिव्युटर हुनुहुन्छ र ४ वटा डिष्ट्रिव्युटरको माध्यमबाट झण्डै ७ हजार बढी पसलहरु आवद्ध हुनुहुन्छ । त्यसमध्ये २ हजार जनाले भने सिमकार्ड लगायत अन्य एनसेलका सेवाहरु ग्राहकहरुलाई विना झन्झट सिम उपलब्ध गराउनेदेखी एनसेलका बारेमा नयाँ नयाँ सेवा बारे परामर्श दिने जस्ता सेवा सुविधाको लागि काम गरिरेहका छन् । हाम्रो कुल ग्राहक संख्यामा अहिले कोशी प्रदेशको हिस्सा झण्डै २० प्रतिशत रहेको छ । यसको मतलब यो भनेको एकदमै ठुलो सख्या मान्नुपर्छ ।

कोशी प्रदेशमा एनसेलको सेवा र प्रयोगको अवस्था चाहीं कस्तो छ ?

हामीले यहाँ ७ सय ५० वटा टावरमार्फत हाम्रा ग्राहकहरुलाई सेवा प्रदान गरिरहेका छौं र हाम्रो सेवा सञ्चालन गर्न सहयोग गर्न झण्डै ७ हजार खुद्रा बिक्रेता अर्थात पसलहरु आवद्ध हुनुहुन्छ । २७ लाख सेवाग्राहीहरुले सेवा लिएको अवस्था रहेको छ । पछिल्लो समय हाम्रा नयाँ योजनाहरुका कारण पनि दैनिक हाम्रा ग्राहकहरु बढ्दै गएको अवस्था छ । सेवा लिन सहज, राम्रो ग्राहक सुविधा, सस्तोमा गुणस्तरिय सेवा लगायतका कारणहरुले एनसेलको सेवा प्रयोग गर्नमा सेवाग्राहीले एकदमै रुचि जगाई राख्नुभएको अवस्था छ ।

एनसेलले नयाँ योजना अनुरुप ‘सधैं अन’ भन्ने प्याक ल्याएको छ खास यो कस्तो योजना हो अलिकति स्पष्ट पारिदिनुहोस्?

हामीले सधैं आफ्ना ग्राहकहरुका लागि बेला बेलामा नयाँ नयाँ योजनाहरु ल्याईरहेको सबैलाई सर्वविदितै छ । हामीले ग्राहकहरुलाई इन्टरनेटको सेवा सर्वसुलभ रुपमा उपलब्ध गराउनको निम्ती सधैं अन भन्ने योजना सञ्चालन गर्दै आएका छौं । खास यो भनेको एनसेलको सेवा लिने ग्राहकहरुलाई आफ्नो मोबाइलमा सधैं इन्टरनेट उपलब्ध होस् भन्ने उदेश्यले यो योजना अगाडी सारेका हौं । यो समावेशी खालको योजना हो । यसमा ९९ रुपैयाँदेखी एक हजार ४९९ रुपैयाँसम्मको प्याकहरु रहेका छन्। प्याक हेरी समयसिमा ७ दिनदेखि २८ दिनसम्मको तोकिएका छन् । यसको मुख्य विषेशता भनेको अब डाटा प्याक सकिएमा मेन ब्यालेन्सबाट पैसा काटिदैन । यी प्याकहरुमा डाटा भोल्युम, एनसेल नम्बरमा मात्रै हैन नेपालका अन्य नम्बरमा समेत कल गर्न मिल्ने अल नेपाल टक टाईम रहेको छ । यो बन्डल प्याक हो र यसमा डाटा र भ्वाइस बाहेक निःशुल्क सोसल मिडिया डाटा भोल्युम र अल नेपाल अर्थात नेपालको अन्य नेटवर्कमा एसएमएस गर्न मिल्ने एसएमएस पनि पाइन्छ । यसले ग्राहकलाई आफुले तिरेको पुरै पैसा असुल भएको अनुभव दिन्छ ।

सधै अन नै किन ? खास विशेषता के छ अनि सेवाग्राहीले कसरी लाभ लिन सक्छन् ?

खास गरी यस अघि फरक फरक प्याकेजहरु लिनुपर्ने अवस्थाहरु थिए भने, अहिले एउटै प्याकेजमा सबै थोक उपलब्ध भएपछी आमसेवाग्राहीलाई सहज त त्यसै हुने नै भयो । ग्राहकले बन्डल प्याक लिनुहुन्छ त्यहीबाट एसएमएस, भ्वाइस अर्थात टक टाइमदेखि डाटा चलाउनको लागि सहज माध्यम बनाएका छौँ ।

यो प्रयोगकर्ताले सधैं मोबाइल डाटा अन राख्न सक्ने योजना हो । यसको लागि ग्राहकहरुले *१२३# डायल गरी यो डाटा लिन सकन्छन् । मुख्य विषेशता भनेको अब डाटा प्याक सकिएपछि पेएजयुगोमा मेन ब्यालेन्सबाट पैसा काटिन्न । सधैं अन पहिलेको भन्दा ग्राहकहरुको लागि पकेट फ्रण्डली छ ।

सबैभन्दा राम्रो चाही धेरै डाटा चलाई रहनेको लागि चाहीं ७९९ रुपैयाँ भन्दा माथीको प्याक लियो भने २८ दिन सम्म अनलिमिटेड भ्वाईस कल गर्न सक्नुहुनेछ । सधैं अन योजनामा प्रयोगकर्ताले आवश्यकता र बजेट अनुसार डाटा प्याक खरिद गर्न सक्छन् । यसमा विभिन्न शुल्क र त्यस अनुसार पाइने सेवा, सुविधा अनुसार कुल ७ वटा प्याकहरु रहेका छन् । थप किफायती, प्रयोग गर्न बाँकी डाटा प्याक सकिनु अधि नै फेरी प्याक लिँदा थपिने यसका अन्या आकर्षक विषेशता हुन् ।

‘बिज सधैं अन’ योजनाले चाही व्यवसायी उद्यमीहरुलाई के कस्तो राहत मिल्छ?

दुरसञ्चार सेवा अपरिहार्य बनि सकेको छ । झन साना, ठुला उद्योगी, व्यवसायीहरुलाई त यो सेवाले धेरै नै महत्व राख्दछ । सधैं अनको राम्रो सफलतापछि हामीले बिज सधैं अन सञ्चालनमा ल्याएका हौं । एक पटक खरिद गरेको प्लानबाट एक महिनासम्म ढुक्कले डाटा, भ्वाईस, एसएमएस, लायन्सगेट प्ले, मेरो लगानी एप बन्डल सेवाहरु लिन सकिन्छ ।

लायन्सगेट पब्लिक ट्रेडेड कन्टेटमा काम गर्ने विश्वको अग्रणी प्लेटफर्म हो। जहाँ हलिउडदेखि बलिउडका क्लालिटी कन्टेन्टहरु हेर्न सकिन्छ । साथै मेरो लगानी एपमार्फत सेयर बजारमा भएको नाफा, नोक्सान ट्रयाक गर्न सकिन्छ । बिज सधैं अन अन्तर्गत ४९९ रुपैयाँदेखि १,९४९ रुपैयाँ सम्मका ५ वटा प्लानहरु रहेका छन् । सेवाको आवश्यकता धेरै हुने ग्राहकले १५ सय ९९ र १९ सय ४९ रुपैयाँको मासिक प्लान पनि लिन सक्छन्। जसले गर्दा व्यवसायीलाई राम्रो राहत मिल्ने देखिन्छ । नेपाली उपभोत्तालाई सधै अन मार्फत सशक्त बनाउने प्रतिवद्धता अनुरुप फाइभजी भिजनमा आधारित भई यो नयाँ योजना ल्याएको हो ।

अहिलेको डिजिटल युगमा उद्यमीहरूलाई पूर्ण क्षमता हासिल गर्नमा योगदान पुर्याउनका लागि एनसेलले काम गरिरहेको छ । बिज सधैं अनले नेपाली व्यवसायहरूलाई अहिलेको डिजिटल युगमा उनीहरूलाई पूर्ण क्षमतामा काम गर्दै सफलता हासिल गर्न सशक्त बनाउन मद्दत गर्दछ ।

गुणस्तरिय सेवा सुनिश्चित गर्न गरिएका कामहरु के भईरहेका छन्?

एनसेलले आफ्ना सेवाग्राहीलाई जति सक्दो राम्रो र भरपर्दो सेवा प्रदान गर्नको निम्ती प्राविधिक पाटोमा पनि ठूलो लगानी गरेको छ । अझ एनसेलको सेवा सुनिश्चित र गुणस्तरीय बनाउनको लागि एनसेलका टावरहरु थप विस्तारका कामहरु भईरहेका छन् । भएका नेटवर्कलाई अझ प्रभावकारी बनाउनको लागि क्वालिटी अपग्रेट गर्ने कामलाई समेत विशेष ध्यानमा राखिएको छ । गत वर्ष पनि हामीले यहाँ सेवा विस्तार र गुणस्तरीय सुधारका लागि टावरहरु थप्यौं । आउने दिनहरुमा पनि कोशी प्रदेशमा नयाँ टावर थपेर सेवालाई अझै सुधार गर्दै लैजाने काम भईरहेको छ ।

आम ग्राहकहरुबाट के कस्ता गुनासो तथा सुझावहरु आउने गरेका छन्?

उहाँहरुको मिश्रित सुझाव तथा गुनासोहरु आईरहेका हुन्छन् । सेवा अझै सुलभ दरमा चाहिने, नेटवर्क सुधार गर्न पर्ने लगायतका सुझावहरु आएका थिए। यस्तै सुझावहरुलाई ध्यानमा राखेर हामीले सधैं अन योजना ल्याएका छौं । त्यसैगरी नेटवर्क सुधारका कामहरु देशैभरी निरन्तर भइरहन्छन् । बढी मात्रामा एनसेलको सेवाहरु सबै ठाउँमा नेटवर्क टिप्ने बनाउन सुझावहरु आउने गरेको छ । माथिल्लो पहाडी भेग तथा गाउँघरमा पनि अरु टावरहरु थप विस्तार गरेर एनसेलमय बनाउन आम ग्राहकहरुबाट सल्लाह आउने गरेका छन् । ग्राहक नै हाम्रो सर्वोपरी भएका हुनाले हामी उहाँहरुका सबै सुझाव र सल्लाहहरुलाई कसरी सम्बोधन गर्न सकिन्छ हेर्ने गर्दछौं।

अन्तमा केही भन्नु छ की ?

नेपालमा झण्डै दुई दशकदेखी हामीले सेवा प्रदान गर्दै आएका छौँ र हामीले देशको अर्थतन्त्रका साथै सूचना प्रविधि क्षेत्रको विकासमा ठूलो योगदानका पुर्याएका छौं । व्यवसायिक सामाजिक जिम्मेवारी अन्तर्गत पनि विभिन्न सामाजिक विकासका कार्यहरु गरेका छौं । आम उपभोक्ताको माया र साथले नै यति गर्न सक्षम बन्दै यहाँसम्म आईपुग्न सफल भएका छौं । देशभर ४ हजार भन्दा बढी टावर राखेर हामीले आधारभुत दूरसञ्चार सेवा कुल जनसंख्याको ९२ प्रतिशत भन्दा बढी माझ र आधुनिक फोरजी ९० प्रतिशतमाझ लगेका छौं । एक हिसाबले मुलुकभर एनसेलले आम ग्राहकको मन जित्न सफल भएको छ । आउदो दिनहरुमा पनि आफ्ना ग्राहक हितका लागि हामी निरन्तर काम जारी राख्ने छौं । जसरी अहिले सम्म माया गरिरहनु भएको छ, आउदा दिनहरुमा पनि यसरी नै एनसेललाई माया र सदभाव दर्शाईदिनुको लागि अनुरोध गर्दछौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्