विराटनगरका सडकमा खानेपानीको खाल्डा

<span class='c1'>विराटनगरका सडकमा</span> <span class='c2'>खानेपानीको खाल्डा</span>

इन्दु साह
विराटनगर । विराटनगरका कालोपत्रे सडकमा खनिएको माटोले पुरिएको देखिन्छ । कालोपत्रे सडकमा एकनासले सवारी गुडाई रहँदा एक्कासी खाल्डो, डाँडो, कच्ची–पक्की, गिटी–बालुवा छरिएको भेटिन्छ । बनिसकेका सडकमा पानीको पाइप फुटेपछि सडकमा निस्किरहेको हुन्छ । किन यस्तो हुन्छ ? अन्तरसरकारी निकायबीचको समन्वय अभावमा बनेका योजनाले कार्यन्वयन हुँदा बनिसकेका संरचना बारम्बार भत्कने गरेका हुन् ।

नेपाल खानेपानी संस्थान, मानगढ खानेपानी आयोजना, जामुनगाछी खानेपानी आयोजनाले महानगरका विभिन्न सडकहरु खनेर मर्मत नगरी छोड्ने गरेका छन् । पानी आपूर्ति व्यवस्थापन मिलाउनु पर्ने जिम्मेवारी रहेका उनीहरुले सडक भित्रको पाइपमा समस्या आए खाल्डो खनेर मर्मत गर्नुपर्ने हुन्छ । सडकका कुनै भागमा माटो थुपारे जस्तो देखिन्छन् । कतै माटाका ढिस्का त कतै खाडललै छोडिएको हुन्छ । यो खानेपानीको पाइप व्यवस्थापनका लागि सडक भत्काइएको हो ।

पछिल्ला समय महानगरका विभिन्न स्थानमा सडक कालो पत्रे गरिएको छ । उक्त सडकसँगै विस्तार गरिएका खानेपानीको पाईमा केहि समस्या भएर मर्मत गर्नुपर्ने अवस्था भएमा खनुपर्ने हुन्छ । नियमानुसार सडक खन्नु पूर्व संस्थाहरुले महानगरलाई जानकारी गराउनु पर्छ ।
कतिपय स्थानमा सडक खन्दा महानगरलाई नै जानकारी नहुने शहरी विकास तथा योजना महाशाखा प्रमुख अजुर्न थापाको भनाई छ ।

नकारी नहुँदा सडक मर्मत गर्न ढिलाई हुने उनले बताए । ईमरजेन्सी कतै सडक खनेर खानेपानीको मर्मत गर्नु परे महानगरसँग अनुमति आवश्यक नपर्ने हुन्छ । तर, यहि कुरालाई टेकेर खानेपानी उपभोक्ता समिति र खानेपानी वितरण संस्थाहरुले जथाभावी भत्काउने गरेका हुन् ।
विराटनगरको अभिभावक महानगरपालिका भएकोले पनि उक्त संथानहरुले खनेर अलपत्र अवस्थामा छाडिएका सडकहरु मर्मत गर्ने जिम्मेवारी महानगरकै हुन्छ । आगामी दिनमा महानगरले खनेर छाडिएका सडक मर्मत गर्ने योजना बनाईरहेको दावी थापाको छ।

यता नेपाल खानेपानी संस्थानका कार्यलय प्रमुख सन्तोष कुमार रौनियार उपभोक्ताबाट खानेपानी सम्वन्धि समस्या आए पहिले महानगरसँग सडक खन्ने अनुमति लिएर मात्र मर्मत कार्य गर्ने गरेको बताउँछन् । त्यसैले सडक मर्मतको जिम्मेवारी समेत महानगरको हुने उनको भनाई छ । खानेपानीको पाईप विस्तार गर्दा सडक सानो भएको तर अहिले सडक विस्तार भई फराकिलो हुँदा पाईप सडकको बीच भागमा परेको रौनियारको भनाई छ । जस कारण खानेपानी सम्बन्धि केहि मर्मत गनुपरे सडक खन्नुपर्ने बाध्यता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्