विराटनगर रानीमा दुर्घटनामा परेर घाईते प्रहरी जवान थापाको निधन

<span class='c1'>विराटनगर रानीमा दुर्घटनामा परेर घाईते</span> <span class='c2'>प्रहरी जवान थापाको निधन</span>

विराटनगर । विराटनगर–१५ भट्टी मोडमा प्रहरीको वान्टेन गाडी दुर्घटनामा परेर घाईते प्रहरी जवान सौगात थापाको उपचारका क्रममा मृत्यु भएको छ । गत साउन २ गते दुर्घटनापछि नोबेल अस्पतालमा उपचारका लागि भर्ना गरिएका उनको सर्भाइकल इन्ज्यूरी (घाँटीको हड्डी फ्याक्चर) भएको थियो ।

नोबेलमा उपचार संभव नभएपछि उनलाई नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज काठमाण्डौं रेफर गरिएको थियो । त्यहाँ भर्ना गरे लगतै काठमाण्डौं न्यूरो अस्पतालमा रेफर गरेर उपचारका क्रममा बिहीबार मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा वरिष्ठ प्रहरी उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिएका छन् ।

सुनसरीको धरान उपमहानगरपालिका–१७ घर भएका मृतक थापा कोशी प्रदेश तालिम केन्द्रमा कार्यरत रहेका थिए । चाडपर्व लक्षित सुरक्षा परिचालनका क्रममा कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरबाट थप मद्दतको लागि प्रहरी निरीक्षक मिलन थापाको कमाण्डमा ५४ जनाको प्रहरी टोली खटिने क्रममा भट्टीमोडमा बालकलाई बचाउने हुँदा वान्टेन पल्टिएको थियो । विराटनगरको रानीस्थित २ नम्बर ढाटतर्फ जाने क्रममा बा १ ग २५५९ नम्बरको वान्टेन गाडी अन्यन्त्रीत भई दुर्घटना भएको थियो ।

वरिष्ठ प्रहरी उपरीक्षक दाहालका अनुसार घाईते २३ जनामध्ये दुईजनाको कुममा चोट लागेको थियो । उनीहरुको समेत शल्याक्रियापछि डिस्चार्ज भईसकेका छन् । मृतक थापा बाहेक घाईते भएका २२ जना नै अहिले डिस्चार्ज भएर आराम गरिरहेका छन् ।

प्रहरी जवान थापाको निधनप्रति प्रहरी नायव महानिरीक्षक चन्द्रकुवेर खापुङले दुःख व्यक्त गरेका छन् । उनले कर्तव्य पालनाको भूमिका निर्वाह गर्दागर्दै दुर्घटनामा परेर भएको निधनले स्तब्ध बनाएको भन्दै मृतकप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्