क्याप्टेन ओम गुरुङको अनुमान : इन्जिन फेल भयो, चालक अर्लट हुन सकेनन्

<span class='c1'>क्याप्टेन ओम गुरुङको अनुमान : इन्जिन</span> <span class='c2'>फेल भयो, चालक अर्लट हुन सकेनन्</span>

काठमाडौं । क्याप्टेन ओम गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा बुधबार भएको सौर्य एयरलाइन्सको जहाजमा दुर्घटनाको मुख्य कारण इन्जिन फेल भएको हुनसक्ने अनुमान गरेका छन् । जसका कारण चालक दलका सदस्यहरुको माइन्ड अर्लट हुन नसकेको पनि उनको अनुमान छ ।

बिहीबार कुराकानीमा उनले जहाजमा समस्या आउने वित्तिकै क्याप्टेन शाक्यको माइन्ड अर्लट हुनुपर्ने बताए । आगो लागेको जहाज डिल गर्दा कन्ट्रोलिङमा ध्यान दिएर मात्र गनुपर्ने उनले अनुभव सुनाए ।‘जहाज सि–चेकका लागि जाँदै थियो । चेक पनि ए,बी,सी लगायत हुन्छन् । यसको टाइम ड्यूरेसन फरक फरक हुन्छ । तथापी, रनवेमा जहाजको गति र लाइन ठिक देखिन्छ । विभिन्न चेकलिस्टहरु हेर्दा सन्तुष्टि हुनुपर्ने देखिन्छ । टेकअफ पोइन्टसम्म पुग्दा पनि सबै ठिक भएको अनुमान लगाउन सकिन्छ । रोल गर्ने क्रममा भि–वान स्पिडलाई कन्ट्रोल गर्न सकिन्छ । त्यो निकै क्रिटिकल र महत्वपूर्ण मानिन्छ, यो अन्तिम निर्णयका रुपमा पनि हेरिन्छ । त्यसपछि अवस्थामा भने इन्जिनमा केही समस्या भएको हुनुपर्छ । इन्जिनमा फेल भएको वा आगलागी सुरु भएको हुनुपर्छ । यस्तो अवस्थामा क्याप्टेनले दिमागलाई अर्लट गर्न सक्नुभएन कि भन्ने लाग्छ ।’

भि–वानसम्मको अवस्थामा क्याप्टेन शाक्यको निर्णय ठिक रहेको उनले अनुमान लगाए । हरेक स्टेजमा क्याप्टेनको निर्णय ठिक देखिएपनि कन्ट्रोलमा समस्या आएको हुनसक्ने उनले बताए । घटनाको यात्रु को को थिए भन्ने बारे सम्बन्धित निकायलाई जानकारी हुने भन्दै क्याप्टेन गुरुङले सबै यथार्थ क्याप्टेन शाक्यलाई थाहा हुने बताए । उनले भने, ‘यो घटना एउटा विकराल भयो । हिजोको घटनाको परिवेशमा क्रिटिकल सबै थाहा भएन । किनभने विगतका कयौं दुर्घटनाहरुमा हामीले बोलेका पनि छौं । तर सबै सत्य सावित नहुनसक्छन् । इन्जिनको कुरा सबै आफ्नो कन्ट्रोलमा हुँदैन् । यस बारेमा क्याप्टेन शाक्य जिवित हुनुहुन्छ । उहाँले सबै कुरा बताउनुहुनेछ ।’

ज्यान गुमाएकाहरु प्रति दुःख व्यक्त गर्दै क्याप्टेन शाक्यको स्वास्थ्य लाभको कामना गरे । साथै यस्तो विषयमा आफूले धेरै बोल्न नहुने उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्