चर्चित लोकगायक एलपी जोशीको निधन

<span class='c1'>चर्चित लोकगायक एलपी</span> <span class='c2'>जोशीको निधन</span>

विराटनगर । लोकप्रिय गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा निधन भएको छ।

'रिटिङ रिटिङ नबजाउ बिनायो' गीतका सर्जक जोशीको बिहीबार राति दमकस्थित लाइफलाइन अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

उनी लामो समयदेखि मधुमेह रोगबाट पीडित थिए। जोशीले २०१३ सालमा रेडियो नेपालमा पहिलो गीत रेकर्ड गराएका थिए। त्यसपछि २०२२ देखि २०२९ सालसम्म रेडियो नेपालमा जनकवि केशरी धर्मराज थापासँग काम गरेका थिए। उनका 'रिटिङ रिटिङ नबजाउ बिनायो' र 'वल्लो खोलो हो पल्लो खोलो कमिलाको गोलो' जस्ता गीतहरू अत्यन्त लोकप्रिय छन्।

जोशीको शुक्रबार बिहान कनकाई माईमा अन्तिम संस्कार गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्