कति तौलियो कोशीमा प्रहरीले गाँजा–चरेश, अफिम र ब्राउनसुगर

<span class='c1'>कति तौलियो कोशीमा प्रहरीले</span> <span class='c2'>गाँजा–चरेश, अफिम र ब्राउनसुगर</span>

विराटनगर । कोशी प्रदेशमा लागुऔषध गाँजा, चरेश, अफिम र ब्राउनसुगरको कारोबार बढ्दै गएको छ । खासगरी सीमा जोडिएका जिल्लामध्ये पनि सुनसरी र मोरङ गाँजा बाहिरीले ट्रान्जिट बनेका छन् । कोशीको भोजपुर, धनकुटा उत्पादनको मूल थलो बनेर सुनसरी र मोरङ निकासी हुने गाँजा मात्रै एक वर्षको अवधीमा दश हजार केजी बढी प्रहरीले तौलिएको (वजन गरेको) छ ।

कोशी प्रदेश प्रहरी कार्यालय रानीका अनुसार आर्थिक वर्ष २०८०\२०८१ मा पाँच हजार २१० रोपनीमा लगाइएको २२ लाख ९६ हजार ९७२ बोट गाँजा प्रहरीले आफैं फडानी गरेर नष्ट गरेको छ । तथापी गत एक आर्थिक वर्षमा दश हजार ४२० केजी गाँजा नियन्त्रणमा लिएको छ । प्रहरीले नियन्त्रणमा लिएको गाँजा पछिल्लो तीन वर्षमा सबैभन्दा धेरै वजन रहेको छ । आर्थिक वर्ष २०७८\२०७९ मा दुई हजार २१ केजी, २०७९\२०८० मा पाँच हजार ८१५ केजी गाँजा नियन्त्रण लिएको थियो ।

कोशी प्रदेश प्रहरी कार्यालयको तथ्यांक अनुसार गाँजा बाहेक गतवर्ष चरेश ८६ ग्राम १८० मिलिग्राम नियन्त्रणमा लिइएको छ । यसैगरी ब्राउन सुगर ३ केजी ८८० ग्राम नियन्त्रणमा परेको छ

अघिल्ला वर्षहरुमा भन्दा गत वर्ष ब्राउनसुगर बरामद बढेको छ । गतवर्ष प्रहरीले अफिम बरामद गरेको छैन ।
विभिन्न लागुऔषधमा संलग्न एक हजार ३९ जनालाई प्रहरीले एक वर्षमा पक्राउ गरेको छ । अघिल्ला वर्षहरुमा भन्दा लागुऔषधमा संलग्न रहेका व्यक्तिहरुको पक्राउ संख्या समेत धेरै रहेको हो । आर्थिक वर्ष २०७९\२०८० मा ७८९ र २०७८\२०७९ मा ७८० जना लागुऔषधमा संलग्नहरु पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्