मोरङ जिल्ला अदालतमा पारिवारिक इजलास

<span class='c1'>मोरङ जिल्ला अदालतमा</span> <span class='c2'>पारिवारिक इजलास</span>

इन्दु साह
विराटनगर । अदालतमा दर्ता हुन आएका पारिवारिक मुद्दाको कारवाही, सुनुवाई र किनारा पारिवारिक इजलासबाट हुने भएको छ । मोरङ जिल्ला अदालतमा नयाँ आर्थिक वर्ष लागेसँगै पारिवारिक इजलास गठन गरिएको हो ।

पारिवारिक इजलास सञ्चालन कार्यविधी निर्देशिका २०८१ अनुसार जिल्ला अदालत मोरङमा ईजलास गठन गरिएको सुचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए । अदालतमा दायर हुने पारिवारिक प्रकृतिको मुद्दालाई छिटो निरुपण गरी न्यायमा पहुँच अभिभिवृद्दि गर्न पारिवारीक इजलासको गठन, सञ्चालन तथा व्यवस्थापन गर्न यो कार्यविधि बनाईएको थियो ।

ईजलासमा ७५ वर्षमाथिका जेष्ठ नागरिक वादी भएका अंश मुद्दा, महिलावादी भएका अंश मुद्दा, नाता कायम मुद्दा, घरेलु हिंसा सम्बन्धी मुद्दा, बालबालिकाको संरक्षक भई दायर भएका अंश मुद्दा, बालबालिको हितसँग सम्वन्धित मुद्दा, माना चामल मुद्दा, सर्वोच्च अदालतले तोकेका अन्य मुद्दा समेत हेरिने बुढाथोकीले जानकारी दिए ।

तर,दुईभन्दा बढी मुद्दा लगाउमा रहने गरी त्यस्तो मुद्दा दर्ता भएमा, दुईभन्दा बढी मुद्दा लगाउमा राखे गरी आदेश भएमा, नेपाल सरकार वादी हुने मुद्दासँग लगाउमा राख्ने आदेश भएमा, छुट्टै पेशी सूची प्रकाशन गर्ने रजिष्ट्रार वा स्रेस्तेदारले पारिवारिक मुद्दा तथा पारिवारिक मुद्दा सम्बन्धी निवेदनको छुट्टै साप्ताहिक तथा दैनिक पेशी सूची प्रकाशन गर्नु पर्नेछ ।

यि उल्लेखित अवस्थाका मुद्दा पारिवारिक इजलासबाट कारवाही, सुनुवाई र किनारा गरिने छैन । पारिवारिक इजलासबाट पारिवारिक मुद्दा बाहेकका अन्य मुद्दाको कारवाही, सुनुवाई र किनारा गरिने छैन । पारिवारिक इजलास अघिल्लो वर्ष काठमाडौँमा सुरु भएको थियो । त्यसपछि चालु आर्थिक वर्षमा मोरङ, धनुषा, कास्की, रुपन्देही, र बाँके जिल्लामा कार्यन्वयनमा ल्याइएको हो ।

फरक मुद्दा व्यवस्थापन प्रणलीमा रहेका पारिवारिक इजलासमा पेस हुने सबै मुद्दाहरुलाई पारिवारीक समुहमा राख्ने र पारिवारिक फाँट तयार गरीने छ । यसरी अन्य समयमा भन्दा कम समयमै मुद्दा किनारा हुनेछन् । मुद्दाको चाप अधिक हुने जिल्लाहरुमा पारिवारिक इजलासमार्फत न्याय निरुपण गर्दा त्यसले न्याय सम्पादनमा सेवाग्राहीको सकारात्मक धारणा निर्माण हुने विश्वास लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्