१२.५ प्रतिशत कर्जा विस्तार लक्ष्य राख्दै मौद्रिक नीति सार्वजनिक(पूर्ण पाठसहित)

<span class='c1'>१२.५ प्रतिशत कर्जा विस्तार लक्ष्य</span> <span class='c2'>राख्दै मौद्रिक नीति सार्वजनिक(पूर्ण पाठसहित)</span>

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ ।

गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार दिउँसो राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारबाट मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।

१२.५ प्रतिशत कर्जा विस्तार लक्ष्य राख्दै चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गरिएको छ । चालु आर्थिक वर्षमा कर्जा विस्तार लक्ष्य ११ प्रतिशत राखिएकोमा लक्ष्यको मुस्किलले आधा मात्रै उपलब्धी छ । कर्जा विस्तार लक्ष्य १.५ प्रतिशतले बढाएपनि गभर्नर स्वयम्ले बैंक तथा वित्तीय संस्थामा खराब कर्जा बढेको बताएका छन् । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत चालु आर्थिक वर्षमा ५.५ मूल्य वृद्धि सीमित राख्ने लक्ष्य लिएको छ ।

त्यस्तै, राष्ट्र बैंकले सहकारीका सञ्चालकको नाममा रहेको सम्पत्तिबाट ५ लाखसम्मका बचतकर्ताको रकम फिर्ता गर्न नेपाल सरकारलाई सहजीकरण गर्ने नीति लिएको गभर्नर अधिकारीले बताए ।

मौद्रिक नीतिको पूर्ण पाठ पढ्नुहोस् :
https://ourbiratnagar.net/wp-content/uploads/2024/07/Monetary_policy_2081-082.pdf

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्