तस्करी समान चल्छ वर्षेनी, प्रहरीले प्रगति देखाउँछ त्यहिपनि

<span class='c1'>तस्करी समान चल्छ वर्षेनी,</span> <span class='c2'>प्रहरीले प्रगति देखाउँछ त्यहिपनि</span>

विराटनगर । कोशी प्रदेशमा भन्सार, प्राकृतिक स्रोत तथा वन पैदावरको अवैध कारोबार नियन्त्रणमा प्रहरीको भूमिका पछिल्ला तीनवर्षमा एकै प्रकारको देखिएको छ । भन्सार कार्यालयको वार्षिक राजस्व असुली प्रगति न्यून हुँदै जाँदा प्रहरीले भन्सार चोरी निकासी र पैठारी नियन्त्रणका क्रममा संकलन गर्ने राजस्वको ग्राफ भने एकै प्रकारको देखिने गरेको हो ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर रानीले सार्वजानिक गरेको पछिल्लो तीनवर्षको तथ्यांकमा भन्सार चोरी तस्करी, प्राकृतिक सम्पदा, नदीजन्य पदार्थ दोहन, अवैध वन पैदावारतर्फको कारवाही तथा राजस्व असुली समान जस्तै देखिएको छ । आर्थिक वर्ष २०८०/२०८१ मा कोशी प्रदेश प्रहरी र मातहत कार्यालयहरुले १२ करोड ३८ लाख ११ हजार २१६ रुपिँया राजस्व असुली गरेको छ । भन्सार चोरी तस्करीमा संलग्न ४३ जना व्यक्ति पक्राउ परेको छ ।

यसैगरी आर्थिक वर्ष २०७९/२०८० मा २६ करोड ९८ लाख ३८ हजार ९८० रुपैँया बराबरको राजस्व चोरी तस्करीका वस्तु नियन्त्रणका क्रममा संकलन भएको तथ्यांक छ । त्यस वर्ष प्रहरीले ९३ जना कारोबारीलाई नियन्त्रणमा लिइएको थियो । भारत निकासी हुँदै गरेको आठ ट्रक सुपारी नियन्त्रणमा लिएको प्रहरीले झण्डै नौ करोड रुपैँया राजस्व संकलन भएको तथ्यांकमा समावेश गरेको छ ।

यसैगरी आर्थिक वर्ष २०७८÷७९ मा ११ करोड ७४ लाख ४६ हजार ९२९ रुपैँया राजस्व संकलन भएको तथ्यांकमा उल्लेख छ । भन्सार राजस्वतर्फ प्रहरीको सेटिङ मिलेको समयमा राजस्वको ग्राफ घट्ने र सेटिङ नमिलेको बेला बढेको देखिन्छ । आर्थिक वर्ष २०७९÷२०८० मा कोशी प्रदेश प्रहरी कार्यालयमा धेरै जना प्रहरी नायव महानिरीक्षकहरु फेरिरहँदा सेटिङमा अलमल पर्दा धेरै राजस्व संकलन भएको देखिन्छ । तर, त्यसअघि र गतवर्ष तथा चालुमा प्रहरीले सीमामा सेटिङ गज्जबले चलाईरहेको राजस्व असुलीबाट प्रष्ट हुन्छ ।

यसैगरी प्राकृतिक स्रोततर्फ गत वर्ष ३४४ सवारी साधन, ५८ जना व्यक्ति पक्राउ पर्दा ४४ लाख १९ हजार राजस्व संकलन भएको तथ्यांक सार्वजानिक गरिएको छ । वन पैदावारतर्फ ३१ जना मानिस पक्राउ पर्दा पाँच हजार ४९६ क्यूफिट काठ बरामद गरेको तथ्यांक रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्