कोशीका वनरक्षकको मन्त्रालयमा धर्ना

<span class='c1'>कोशीका वनरक्षकको</span> <span class='c2'>मन्त्रालयमा धर्ना</span>

विराटनगर । कोशी प्रदेशका वनरक्षक कर्मचारीहरूले आफ्ना मागहरू पूरा गर्न दबाब दिने उद्देश्यले गत साउन ४ गते देखि अनिश्चितकालीन धर्ना सुरु गरेका छन् । कोशी प्रदेश सरकार पर्यटन, वन तथा वातावरण मन्त्रालय अगाडि १४ वटै जिल्लाका वन रक्षकहरू धर्नामा बस्दै आएका हुन् ।

आन्दोलनरत कर्मचारीहरूका अनुसार, उनीहरूको मुख्य माग कोशी प्रदेश निजामती सेवा ऐनमा संशोधन गरी वनरक्षक पदलाई सहायक तेस्रो तह कायम गर्नुपर्नेछ । यसैगरी सम्पूर्ण वृत्ति विकासको मार्ग खुलालाई खुल्ला गर्न माग गरिएको छ ।
आन्दोलनरत कर्मचारीहरुले भने हामीले लामो समयदेखि न्यायोचित मागहरू राख्दै आएका छौं तर हाम्रा आवाजहरू अझै सुनिएका छैनन् । वनरक्षकहरूले दैनिक कार्यालय समयमा मन्त्रालय अगाडि धर्ना दिइरहेका छन्। साथै, प्रदेशभरका सम्पूणर् वन कार्यालयहरूमा बिहान १० बजेदेखि १२ बजेसम्म पेन डाउन गरिरहेका छन्।

आन्दोलनरत कर्मचारीहरूले चेतावनी दिएका छन् कि यदि आइतबारसम्म उनीहरूका मागहरू सम्बोधन भएनन् भने, उनीहरूले मन्त्रालयको प्रवेशद्वार नै छेकेर धर्ना दिने छन्। यो आन्दोलनले कोशी प्रदेशको वन क्षेत्रमा केही प्रभाव पारेको छ । अहिलेसम्म् भने सम्वन्धित पक्षले कुनै प्रतिक्रिया नजानाएको कर्मचारीहरुको भनाई ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्