छोरी पढाउन लायन्स क्लव अफ विराटनगर गोग्राहको सहयोग

<span class='c1'>छोरी पढाउन लायन्स क्लव</span> <span class='c2'>अफ विराटनगर गोग्राहको सहयोग</span>

विराटनगर । दैनिक सफाई मजदुरको रुपमा काम गर्दै आएका अरबिन्द मेहतरलाई छोरी पढाउन सकस थियो । सिमित कमाईले निजी स्कुल पढाउने खर्च जोहो गर्नु उनका लागि धौ–धौ थियो । कान्छि छोरीले एसईई उत्तिर्ण गरेपछि कक्षा ११ पढाउन विराटनगरको कान्तिपुर माध्यमिक विद्यालय रोजेकी थिइन् । जेठी छोरीले पनि त्यहिंबाट १२ उत्तिर्ण गरेकोले कान्छि छोरीको पनि भर्ना प्रक्रिया त्यहिं मिलाउनु पर्ने उनलाई बाध्यता थियो ।

कलेज प्रशासनले मासिक दुई हजार जम्मा गर्ने गरी अरबिन्दको छोरी पढाउन तयार भयो । तर, उनलाई पोशाकदेखि किताब र स्टेशनरीका सामान खरिद गर्ने पैसाको जोहो गर्न मुस्किल थियो । उनलाई समस्या परेको विषय लायन्स क्लव अफ अन्तराष्ट्रिय डिस्ट्रिक ३२५ सी का गभर्नर विकास अधिकारीसम्म पुग्यो । गभर्नर अधिकारीले आफ्नो मातहतका क्लवहरुसँग परामर्श गरेर उनको समस्या टार्ने जोहो गरिदिए ।

‘जहाँ आवश्यकता त्यहिं लायन्स’ भन्ने मान्यतासहित लायन्स क्लव अफ विराटनगर गोग्राहले अरबिन्दको छोरीको पोशाक, ब्याग तथा जुत्ता खरिदका लागि भनेर नौ हजार रुपैँया सहयोग प्रदान गरेको छ । उनको स्टेशनरी र किताब बाहेकको समस्या तत्काल हल भएको हो । लायन्स क्लव अफ विराटनगर गोग्राहाका अध्यक्ष प्रकाश पराजुली (एमजेएफ) ले अरबिन्दलाई शुक्रबार नगद रकम हस्तान्तरण गर्दै जरुरी परेकेो खण्डमा थप सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । विद्यार्थी सहयोग कार्यक्रम अन्तर्गत नगद प्रदान गरिएको हो ।

सहयोग हस्तान्तरणका क्रममा क्लवका सचिव चन्द्रमणी गुरागाँई (एमजेएफ) ले लायन्स क्लवले चालु आर्थिक वर्षमा सामुदायिक विद्यालयका पाँच हजार विद्यार्थीलाई स्टेशनरी वितरण गर्ने कार्यक्रम राखेको बताए । उनका अनुसार एकवर्ष भरी आवश्यक पर्ने स्टेशनरी वितरण गर्नका लागि कार्यक्रमको तयारी गरिएको हो ।

सहयोग हस्तान्तरण कार्यक्रममा लायन्स क्लव अफ विराटनगर गोग्राहाका पूर्व अध्यक्षहरु राजन निरौला (एमजेएफ), कृष्ण गौतमको उपस्थिति रहेको थियो । सहयोग पाएपछि अरबिन्दले ऋण गरेर छोरी पढाउने प्रवन्ध मिलाउन दवाव परिरहेको बेला लायन्स क्लवले गरेको सहयोगले आफूलाई ठूलो राहत मिलेको बताए । छ जनाको परिवार सफाई मजदुरीको कामबाट पालिरहेका अरबिन्दले कान्छि छोरीलाई स्नातकसम्म पढाउने सपना देखेका छन् । उनकी जेठी छोरीको विवाह कक्षा १२ उत्तिर्ण गरेपछि गत मंसिरमा गरिदिएका छन् । जेठीको विवाह गरेको छु, अब कान्छिलाई स्नातक पढाउने सपना छ, अरबिन्दले भने छोराहरुलाई सरकारी विद्यालयमै पढाउँछु । अरबिन्द दम्पतीले नै दैनिक सफाई मजदुरको काम गरेर परिवारको जीविकोपार्जनदेखि पढाई खर्च धान्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्