विराटनगरको हिमालय दर्शन कलेजका विद्यार्थीले गरे पुल पार्टी

<span class='c1'>विराटनगरको हिमालय दर्शन कलेजका</span> <span class='c2'>विद्यार्थीले गरे पुल पार्टी</span>

विराटनगर । होटल म्यानेजमेन्टमा विराटनगरको अग्रणी शैक्षिक संस्थाका रुपमा स्थापित हिमालय दर्शन कलेजका विद्यार्थीहरूले बिहीबार साँझ विराटनगरमा भव्य पुल पार्टी आयोजना गरेका छन् ।

कलेजको सहयोगमा विराटनगर एयरर्पोट लाईनमा रहेको होटल एशियाटिकको स्विमिङ पुलमा विद्यार्थीहरूले ‘पुल पार्टी २.० नाम दिइएको पार्टी सम्पन्न गरेका हुन् ।

ब्याचलर इन होटल म्यानेजमेन्ट (बीएचएम) को पहिलो सेमेष्टरदेखि सातौं सेमेष्टरसम्मका विद्यार्थीहरूले पुल पार्टीलाई आकर्षक रुपमा आयोजना गरेका थिए ।

कलेजका सहचालकहरूसहित अतिथिहरूको उपस्थिति रहेको उक्त पार्टीमा उनीहरुले हस्पिटालिटी उद्योगका अनेकौँ क्षेत्रबारे प्रयोगात्मक अभ्यास गरेका थिए ।

विद्यार्थीहरू आफैँले अर्डर म्यानेजमेन्ट, पुल पार्टीको टिकेटिङ, इन्ट्री र बार्बिक्यु लगायत सर्भिसमा विभिन्न क्षेत्रबारे अभ्यास मूलक सिकाइ र मनोरञ्जनात्मक प्रस्तुतिहरू दिएका थिए । दिउँसो ४ बजेदेखि सुरु भएको पुल पार्टी बेलुका ८ बजेसम्म चलेको थियो ।

विद्यार्थीहरूले स्विमिङ पुलको किनारबाट गीत संगीतयुक्त माहौललाई रमाइलो गरेर अनुभुति गरे । पुल पाटीमा विराटनगरको स्थानीय मृत्युन्जय व्याण्डलाई निम्ताइएको थियो । स्विमिङ पुलमा भएको सन्ध्याकालिन संगीतले विद्यार्थीहरुले मन खोलेर सामुहिक नाचेका थिए ।

कलेजले पढाईका अलवा अतिरिक्त क्रियाक्लापमा पनि विद्यार्थीहरुलाई सहभागीता जनाउदै आएको कलेजको पब्लीक रिलेशन अफिसर हिमाल सापकोटाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्