विराट मेडिकलमा क्यान्सर सर्भाइभरहरुका लागि परामर्श तालिम

<span class='c1'>विराट मेडिकलमा क्यान्सर सर्भाइभरहरुका</span> <span class='c2'>लागि परामर्श तालिम</span>

विराटनगर । इस्र्टन क्यान्सर सर्भाइभर सपोर्ट ग्रुपले विराट क्यान्सर इन्स्टिच्यूटमा क्यान्सर केयर सम्बन्धी परामर्श तालिमको आयोजना गरेको छ ।

मोरङ र सुनसरीका क्यान्सर सर्भाइभरहरुलाई भेला गरेर सो तालिमको आयोजना गरिएको हो ।

तालिममा विराट मेडिकल कलेज टिचिङ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत डेनिस कार्कीले विराटमा क्यान्सरको उपचारका लागि नयाँ प्रविधि हाइपेक सञ्चालनमा आएको बताउँदै यसले तेस्रो, चौथो स्टेजको क्यान्सरको उपचार गर्न पनि सहज हुने बताउनुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै हस्पिटलका उपाध्यक्ष डा. निकिता कार्कीले अब चाँडै पेट सिटि सञ्चालनको तयारी गरिरहेको जानकारी दिनुभयो । उहाँले क्यान्सर सर्भाइभरहरु मार्फत नयाँ विरामीलाई परामर्श दिन सर्भाइभरहरुलाई तालिम प्रदान गरिएको बताउनुभयो ।
कार्यक्रममा डा. सुलभ सापकोटाले परिवारका सदस्यले क्यान्सरका बिरामीलाई हेरचाह गर्ने तौरतरिका सिकाउनु भएको थियो । कार्यक्रममा अंकोलोजी सर्जन डा. शिवराज शर्माले विरामीलाई नेपाल सरकारले दिने सहयोगमा समस्या रहने गरेको उल्लेख गर्दै त्यसका लागि सर्भाइभरहरुको दबाब मुलक भूमिकाको खाँचो औंल्याउनुभयो । साइको सोसल काउन्सिलर तुलसा कार्कीले नयाँ विरामीलाई परामर्श गर्ने तरिका बारे प्रशिक्षण दिनुभएको थियो । कार्यक्रमका संयोजक एवं क्यान्सर सर्भाइभर कमल पौडेलले सर्भाइभरहरुको सशक्तिकरणका लागि कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्