विराटनगरको अर्किड कलेजमा भर्ना भएका नयाँ विद्यार्थीलाई स्वागतसँगै अभिमुखीकरण

<span class='c1'>विराटनगरको अर्किड कलेजमा भर्ना भएका</span> <span class='c2'>नयाँ विद्यार्थीलाई स्वागतसँगै अभिमुखीकरण</span>

विराटनगर । विराटनगर– १० मा रहेको अर्किड कलेजमा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गर्दै अभिमुखीकरण गराएको छ ।

विराटनगरको सिटी प्यालेसमा शुक्रबार एक कार्यक्रम आयोजना गरी नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गर्दै अभिमुखीकरण गराएको हो ।

कक्षा ११ मा नयाँ भर्ना भएका ८२० जना विद्यार्थीहरुलाई स्वागत गर्दै अभिमुखिकरण गराएको कलेजका प्रिन्सिपल सिएम श्रेष्ठले जानकारी दिए । उनका अनुसार विज्ञान संकायमा ३७० र व्यवस्थापन संकायमा ४५० जना विद्यार्थी भर्ना भएका छन् । भर्ना भएका विद्यार्थी १७ औं ब्याजका विद्यार्थी हुन्।

कार्यक्रममा बोल्दै कलेजका प्रिन्सिपल श्रेष्ठले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा दिएर कलेजले दक्ष जनशक्ति उत्पादन गर्दै आएको बताए । संस्कारसहितको गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले अर्किड कलेज विद्यार्थी र अभिभावको रोजाइमा परेको बताए । अर्किड कलेजबाट पासआउट भएका विद्यार्थी विभिन्न ओदामा पुगेर अर्किडको नाम राख्न सफल भएको समेत श्रेष्ठले नयाँ विद्यार्थीहरुलाई सुनाए ।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय परीक्षा बोर्ड कोशी प्रदेशका प्रमुख जीवन गड्तौलाले अर्किड कलेजले शिक्षा क्षेत्रमा खेलेको भूमिकाको चर्चा गर्दै पूर्वमा मात्र नभई देश र विदेशमै अतुलनीय योगदान पु¥याएको बताए । विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षासँगै रोजगारमुखी शिक्षा प्रदान गरेर अर्किडले दक्ष जनशक्ति उत्पादन गरेर राष्ट्रिय निर्माण ठुलो योगदान पु¥याएको बताए । कार्यक्रममा हिसान कोशी प्रदेशका सचिब दिपेश बास्तोलालले अर्किड कलेजले गुणस्तरीय शिक्षासँगै रोजगारमुखी शिक्षा प्रदान गरेको कारण आज दक्ष जनशक्ति उत्पादन गरेर अगाडी बढेको बताए । कार्यक्रममा कलेजका अध्यक्ष अमित ढकालले संस्कारसहितको गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले अर्किड कलेजमा विद्यार्थी र अभिभावको रोजाइमा परेको बताए । कलेजले उत्कृष्ट विद्यार्थी तथा अन्तराष्ट्रिय स्तरमा खेल जगतमा योगदान पुर्याएका खेलाडी विद्यार्थीहरुलाई पनि सम्मान गरेको छ ।

सोही अवसरमा विद्यार्थीहरुले नृत्य प्रस्तुत गरी नर्या भर्ना भएका विद्यार्थी र सहभागिहरुलाई भरपुर मनोञ्जन प्रदान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्