ग्राण्ड प्रिमियरसँगै ‘नेपहपको श्रीपेच २’को प्रशारण सुरु

<span class='c1'>ग्राण्ड प्रिमियरसँगै ‘नेपहपको श्रीपेच</span> <span class='c2'>२’को प्रशारण सुरु</span>

काठमाडौं । चर्चित र्‍याप रियालिटी शो ‘नेपहपको श्रीपेच’को दोस्रो संस्करण ‘नेपहपको श्रीपेच २’को औपचारिक प्रशारण सुरु गरिएको छ ।

बिहीबार कान्तिपुर टेलिभिजनबाट कार्यक्रमको ग्राण्ड प्रिमियर गरिएको थियो । उक्त प्रिमियरमा कार्यक्रमका जज साथै मेन्टरहरूले पनि प्रस्तुति दिएका थिए।

प्रतियोगिताका लागि पाँच हजारभन्दा धेरै प्रतियोगीहरूको डिजिटल अडिसन प्राप्त भएको थियो भने त्यस मध्यबाट पाँचसय उत्कृष्ट छनौट गरी फिजिकल अडिसन लिइएको थियो । कार्यक्रम हरेक बिहीबार र शुक्रवार कान्तिपुर टेलिभिजनमा ९ बजे प्रशारण हुनेछ भने प्रतियोगिता ३२ एपिसोडको हुनेछ ।
नेपहपको श्रीपेच २ को विजेताले रु १० लाख नगद, वर्ल्ड टुरको अवसर एवम् विभिन्न ब्रान्ड इन्ड्रोसमेन्टहरू प्राप्त गर्नेछन् भने उपबिजेताले नगद पाँच लाख साथै विदेशमा प्रस्तुतिको अवसर प्राप्त गर्नेछन् । हालसम्म कार्यक्रमको अस्ट्रेलिया, अमेरिका र दुबई टुर पनि कन्फर्म भइसकेको छ ।

दामी मिडियाको प्रस्तुति रहेको ‘नेपहपको श्रीपेच २’ को कन्सेप्ट तथा डिजाइन सुदिप पोखरेलले गरेका हुन् भने कार्यकारी निर्माताको रूपमा रोशन कुमार श्रेष्ठ रहेका छन् । कार्यक्रममा निणर्ायकको रूपमा मानस घले, गिरिश खतिवडाको र महेश तामाङ दोङ रहेका छन् ।
यसअघि पहिलो सिजनमा जजको रूपमा हाल काठमाडौँका मेयर बालेन साह पनि रहेका थिए । साथै मेन्टरको रूपमा पहिलो सिजनको विजेता भाईबर साइमन, भ्योमा र याबी द गोट रहेका छन् । कार्यक्रमलाई निकेश खड्काले निर्देशन गर्दैछन् ।

त्यस्तै कार्यक्रम सञ्चालकको रूपमा सुजता श्रेष्ठले नै निरन्तरता पाएकी छिन् भने ब्रोड्कास्टिङ्ग पार्टनरको रूपमा टेलिभिजनतर्फ कान्तिपुर टेलिभिजन तथा डिजिटलतर्फ ओएसआर रियालिटी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्