विद्युतीय व्यापारका लागि प्रभावकारी कानुन आवश्यक

<span class='c1'>विद्युतीय व्यापारका लागि</span> <span class='c2'>प्रभावकारी कानुन आवश्यक</span>

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सदस्य गणेश पराजुलीले विद्युतीय व्यापारलाई कानुनले नचिनेको भन्दै यसको लागि प्रभावकारी कानुन निर्माण गर्न आवश्यक रहेको बताएका छन् ।

विहीबार समितिमा विद्युतीय व्यापार विधेयक, २०८० का सम्बन्धमा भएको छलफलमा उनले भौतिक रुपमा भइरहेका व्यापार व्यवसायलाई अब ईन्टरनेटको माध्यमबाट लाँदैगर्दा ग्राहक नठगिउन ,खराब सामान,गुणस्तरहीन सामान नबेचियोस् भनेर प्रभावकारी कानुनको आवश्यक रहेको बताए ।

उनले भने,‘भौतिक रुपमा भइरहेका व्यापार व्यवसायलाई अब इन्टरनेटको माध्यमबाट, अनलाइनको माध्यमबाट विक्री वितरण, व्यापार व्यवसाय गर्दैछौं । यो संसारभरी अत्याधिक चलिरहेको विषय हो । अनलाइनमा जाँदैगर्दा ग्राहक ठगिनु हुँदैन ,खराब ,गुणस्तरहीन सामान नबेचियोस् । व्यवसाय गर्दा कानुनले नचिनेको हुँदा कानुनले चिनोस् यसलाई ।’

उनले नेपालको व्यसायीले उत्पादन गरेको सामग्री विश्व बजारमा बेच्ने प्रकृया कस्तो बनाउने भन्ने विषयलाई छलफल गरेतापनि निर्यातको भुक्तानी प्रक्रिया भने जे नियम छ त्यही प्रक्रियाबाट हनुपर्ने बताए । व्यवसायीहरुले भने निर्यात गर्दा अग्रिम आधा भुक्तानी गर्नुपर्ने प्रावधानलाई हटाउनुपर्ने माग राख्दै आएका छन्।
उनले भने,‘नेपालको व्यसायीले उत्पादन गरेको सामग्री विश्व बजारमा बेच्छ भने त्यो बेच्ने प्रक्रिया कसरी प्रस्तुत गर्ने भन्ने हुनुपर्छ । तर निर्यातको नीतिमा भुक्तानी प्रक्रिया जे हो त्यहीबाट काम गर्नुपर्छ ।’

त्यस्तै पूर्वमन्त्री तथा नेपाली कांग्रेसका सांसद रमेश रिजालले विदेशमा अनलाइनबाट सामान बेच्दा उतै पैसा रहनसक्ने समस्या रहेको भन्दै राज्य त्यसको जिम्मेवारी लिने कि नलिने भन्ने विषयमा सोच्नुपर्ने बताए । उनले सामान निर्यातको प्रक्रियामा अनिवार्य अग्रिम भुक्तानीको व्यवस्था हुनुपर्ने बताए ।
उनले भने,‘तपाई विदेशमा सामान बेच्नुभयो उतै पैसा रहन सक्छ । उताको मानिसले ठगेर पैसा दिएन भने राज्य त्यसको जिम्मेवार हुन्छ भन्ने कुरा सम्भव छ कि छैन् । त्यसैले त्यसमा अग्रिम भुक्तानि नै हुनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्