धनकुटाको भेडेटारमा संचालनमा आयो स्काईवाक

<span class='c1'>धनकुटाको भेडेटारमा संचालनमा</span> <span class='c2'>आयो स्काईवाक</span>

विराटनगर । धनकुटाको भेडेटारमा निर्माण भएको स्काईवाक सञ्चालनमा आएको छ ।

शुक्रबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले स्काईवाकको उदघाटन गरे ।

एक पटकमा दुईसय जना हिँड्न सकिने ५० मिटर लम्बाइ रहेको स्काईवाकको मुख्यमन्त्री कार्कीले उद्घाटन गरेका हुन् ।चार वर्ष पहिले सम्झौता भई निर्माण थालिएको स्काईवाकको उचाइ भने १ सय, चौडाइ ४ मिटर र घुम्तीमा १० मिटरको रहेको छ ।

कोशी प्रदेश लगानी प्राधिकरण, धनकुटाको साँगुरीगढी गाउँपालिका र सुनसरीको धरान उपमहानगरपालिकाको समन्वयमा उक्त स्काईवाक निर्माण गरिएको हो। उदघाटनपछि मुख्यमन्त्री कार्कीले वोन्डर्सअम्युज्मेण्ट पार्कस एण्ड अट्राक्सन्स प्रालि, ई.आकर्षण पोखरेल लगायतको टीमलाई बधाई एवम शुभकामना दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्