डिआइजी मनोज केसीलाई कसरि सरुवा गरियो ? गृहमन्त्रीले जवाफ दिनुपर्छ : सांसद ढकाल

<span class='c1'>डिआइजी मनोज केसीलाई कसरि सरुवा गरियो ?</span> <span class='c2'>गृहमन्त्रीले जवाफ दिनुपर्छ : सांसद ढकाल</span>

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले एउटा अब्बल राष्ट्र सेवक कर्मचारीलाई थाहै नदिएर सरुवा गर्न नहुँने बताएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद ढकालले डिआइजी मनोज केसीलाई यो सरकारले कसरी सरुवा गरेको भनेर प्रश्न गरेका छन् ।

उनले भने, ‘ विश्वासको मत लिएको दुई दिनभित्र कसरी डिआइजी मनोज केसीलाई सरुवा गरियो ? दुई दिन भित्रमा किन र के कारण, के उदेश्यका लागी सरुवा गरिएको हो । यसको उत्तर गृहमन्त्रीले दिनुपर्ने हुन्छ ।’साथै उनले यो गठबन्धन कुन उदेश्यले बनेको हो भनेर समेत प्रश्न तेर्स्याएका छन् ।
उनले नयाँ गठबन्धन बन्दै गर्दा अनुसन्धानको घेरा भित्र रहेर अनुसन्धान हुनुपर्नेलाई मन्त्री बनाएर पुरस्कृत गरिएको बताए ।

उनले मानव बेचबिखन र हातहतियार सम्बन्धि मुद्दा खेपेकाहरुलाई मन्त्री बनाएको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्