पटक पटक एउटै मान्छेलाई छानबिनको जिम्मा दिनु राम्रो होइनः राजेन्द्र लिङ्देन

<span class='c1'>पटक पटक एउटै मान्छेलाई छानबिनको जिम्मा</span> <span class='c2'>दिनु राम्रो होइनः राजेन्द्र लिङ्देन</span>

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सौर्य एयरलाइन्समा कुन प्रकारको छानबिन समिति बनाइएको हो भनेर प्रश्न गरेका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यो घटनाको प्रमुख दायरामा अउने व्यक्ति नै सरकारको छानबिन समितिमा रहेको बताएका हुन् ।

उनले भने, ‘यो जहाजको जुन छानविन आयोग गठन भएको छ, त्यसमा गम्भिर त्रुटि भएको भन्ने कुराहरु बाहिर आएका छन् , यसलाइइ सरकारले सुनेर छाड्ने विषय होइन, त्यो सौर्य विमान पोखरा उड्नको लागि उपयुक्त थियो की थिएन भन्ने कुरा जाँच गर्ने र अनुमति दिने सुरक्षा प्रमुख जो चाहीँ अनुसन्धानको पहिलो दायरामा आउँछन् उनका भिनाजुलाई चाहीँ अहिले छानविन आयोगको प्रमुख बनाइएको छ भन्ने कुरा बाहिर आएको छ यो कुन प्रकारको छानविन आयोग होला ।’

उनले पटक पटक एउटै मान्छेलाई छानविनको जिम्मा दिएर सरकार मौन किन रहेको भन्दै ध्यानाकर्षण गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्