विराटनगरको बाल माध्यमिक विद्यालयको भवन निर्माण रकममा हेडसर र अध्यक्षबीच विवाद

<span class='c1'>विराटनगरको बाल माध्यमिक विद्यालयको भवन निर्माण</span> <span class='c2'>रकममा हेडसर र अध्यक्षबीच विवाद</span>

इन्दु साह
विराटनगर । विराटनगर–१३ स्थित बाल माध्यमिक विद्यालय रानीका प्रध्यानाध्यापक र विद्यालय व्यवस्थापन समितिबीच भवन निर्माणको रकमलाई लिएर विवाद चुलिएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गतको भवन निर्माणका लागि आएको रकम मनोमानी ढंगले खर्च गरिएको आशंका गर्दै विवाद चुलिएको हो ।

विद्यालय व्यवस्थापन समितिले आइतबार आयोजित पत्रकार सम्मेलन गरेर प्रध्यानाध्यापक अभिनन्दन यादवले रकम दुरुपयोग गरेको आरोप लगाएका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र महतोका अनुसार आर्थिक वर्ष २०७९÷८० मा प्राप्त रु. ४५ लाख अनुदानको खर्च विवरणमा अस्पष्टता देखएर हिनामिना गरिदिएको बताए । यसमा महानगरपालिकाको समेत संलग्नता आशंका उनीहरुले गरेका छन् ।

विद्यालय भवन निर्माणका लागि सबै सामाग्री यादवले नै खरिद गर्ने जिम्मेवारी पाएका थिए । अध्यक्ष महतोका अनुसार त्यो सबै काम गरेपनि यादवले पैसा नै नआएको भनेका थिए । तर, ४५ लाखमध्ये ११ लाख २५ हजार २०७९ माघ २५ र दोस्रो किस्ता २०८० आसाढ ५ गते ३३ लाख ७५ हजार विद्यालयको खातामा आईसकेको थियो । तर, त्यसपछिका विभिन्न भेटघाट र मिटिङहरुमा विद्यालय व्यवस्थापन समितिलाई छलेर प्रध्यानाध्यापक यादवले पैसा नै नआएको बताउने गरेको आरोप छ । तर, काम सम्पन्न भएपछि फरफारक गर्ने बेलामा ५१ लाख रुपिँया खर्च भएको देखाइएको थियो ।

जसलाई विद्यालय व्यवस्थापन समितिले फरफारक नगर्ने बताउँदै सबै बीलभरपाई ल्याउनुपर्ने माग गरेका थिए ।
अध्यक्ष महतोका अनुसार भवन बनेपछि आर्थिक वर्ष २०८०÷२०८१ मा चार कोठे भवन प्लाष्टर गर्न ६ लाख प्राप्त भएको थियो । पुस मसान्तमै आएको बजेट समयमै कार्यन्वयन भएन । नभएपछि गत वर्ष चैतदेखि प्लाष्टर सुरु गरिएको थियो । जसको काम असार २३ गते मात्रै सम्पन्न भएको थियो । तर, यो रकम समयमै फायल पेश नगरेको भन्दै महानगरपालिकाले निकासा दिन सकेन । तर, महानगरपालिकाले पहिलो योजना ४५ लाखको फायल फरफारक गर्न दवाव दिएको आरोप छ । पहिलो योजनाको फायल फरफारक नगरी दोस्रो योजनाको भुक्तानी नदिने भनेर अफ्ठ्यारोमा पार्नुलाई पनि गलत मनसाय राखेको बुझ्नुपर्ने महतोको भनाई छ ।

समितिका अध्यक्ष महतोका अनुसार महानगरपालिकाले असजिलोमा पारेर पैसा रोक्दा मजदुरहरूको भुक्तानी गर्न समस्स्या परेको बताइएएको छ । उनीहरूले स्थानीय शिक्षा अधिकारीहरूको मिलेमतो रहेको आरोप लगाउँदै काम गरेको रकम भुक्तानी नभए विद्यालयमा तालाबन्दी गर्ने चेतावनी दिएका छन् । यता महानरपालिकाको शिक्षा महासाखा प्रमुख कृष्ण भट्टराईका अनुसार समिति र विद्यालय प्राचार्यबीचको आन्तरिक विवादले कागजात समयमै पेश नहुँदा समस्या परेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्