बीएसएन स्कुलका विद्यार्थीलाई चार तारे ‘नेपालीरीका होटल’मा स्वागत तथा अभिमुखीकरण

<span class='c1'>बीएसएन स्कुलका विद्यार्थीलाई चार तारे</span> <span class='c2'>‘नेपालीरीका होटल’मा स्वागत तथा अभिमुखीकरण</span>

विराटनगर । विगत लामो समयदेखी शिक्षाक्षेत्रमा राम्रो अनुभव बटुलेका शैक्षिक हस्तिहरुले संचालन गरेको बीएसएन स्कुल अफ होटल म्यानेजमेन्ट कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई स्वागत गर्दै अभिमुखीकरण गराइएको छ ।

विराटनगरमा होटल म्यानेजमेन्ट मात्रै अध्ययन गराउने एक मात्रै विराट शिक्षा निकेतन (बीएसएन) स्कुल अफ होटल म्यानेजमेन्ट स्कुलले शनिबार विराट चोकमा रहेको होटल नेपालीरीकामा एक कार्यक्रमको आयोजना गरी नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागतसँगै अभिमुखीकरण गराएको हो ।

विराटनगर २ तीनपैनीमा यसैबर्षदेखी संचालनमा आएको स्कुल अफ होटल म्यानेजमेन्ट स्कुलमा ६३ जना विद्यार्थीले भर्ना गरेका छन् । भर्ना भएका विद्यार्थीहरुलाई पुर्व मै उत्कृष्ट रहेको ४ तारे होटल नेपालीरीकामा लगेर होटल म्यानेजमेन्ट सम्बन्धी जानकारी गराउनुका साथै अवलोकन गराइएको थियो । विद्यार्थीहरुले चार तारे होटल बारे अध्ययन तथा अवलोकन गरी होटल सम्बन्धी ज्ञान र अनुभवका कुराहरुले बटुलेका थिए ।

भर्ना भएका विद्यार्थीहरुलाई कार्यक्रमका अतिथी तथा स्कुल व्यवस्थापन र शिक्षकहरुले स्वागत गरेका थिए । विद्यार्थीहरुलाई एम्स कजेलका क्याम्पस प्रमुख शशांक पोखरेल, एस्पायर कलेजका प्रमुख सिएम बस्नेत, विएसएन स्कुलका अध्यक्ष देवराज राजवंशी, निर्देशक निर्देशक मनोज राजवंशी, विद्यालयका शिक्षक लगायतले भर्ना भएका विद्यार्र्थीहरुलाई अविर र खदा लगाएर स्वागत गरेका थिए ।

भर्ना भएका नयाँ विद्यार्थीहरुलाई साउन ७ गतेबाट कक्षा संचालन गराईसकेको जानकारी दिदै भविष्य निर्माणका लागि विद्यालयले खेल्ने भूमिका र विद्यार्थीको दायित्वका विषयमा स्कुलका निर्देशक मनोज राजवंशीले जानकारी गराएका थिए ।

विद्यार्थीहरुलाई प्लस टु मै दक्ष बनाई स्कुलले पठनपाठन सुरु गरेकोमा पहिलो वर्षमै विद्यार्थीहरुको रोजाईमा पर्न सफल भएता पनि अझै थुप्रै चुनौतीहरुलाई चिर्न बाँकी रहेको राजवंशीले बताए । त्यसको लागि स्कुल व्यवस्थापन र शिक्षकहरुले मेहनतका साथ विद्यार्थीहरुलाई सैद्धान्तिक शिक्षासँगै व्यवहारिक शिक्षा प्रदान गर्दै जाने विएसएन स्कुल अफ होटल म्यानेजमेन्टले जनाएको छ । होटल म्यानेजमेन्ट सम्बन्धी विद्यार्थीलाई गुणस्तरीय शिक्षासँगैको संस्कार सिकाईमा काठमाडौं बाहिरकै उत्कृष्ट बनाउने लक्ष्य रहेको बीएसएन स्कुलका अध्यक्ष देवराज राजवंशीले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्