प्रधानमन्त्रीले मन्त्री र सचिवहरूसँग ब्रिफिङ लिए, निर्देशन मंगलबार

<span class='c1'>प्रधानमन्त्रीले मन्त्री र सचिवहरूसँग</span> <span class='c2'>ब्रिफिङ लिए, निर्देशन मंगलबार</span>

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकारका विभिन्न मन्त्रालयका मन्त्री र सचिवहरूको ब्रिफिङ लिएका छन् ।

आइतबार सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयमा प्रधानमन्त्रीले ब्रिफिङ लिएको र आवश्यक निर्देशन भने मंगलबार दिने निर्णय भएको खानेपानीमन्त्री प्रदीप यादवले जानकारी दिए ।

उनले भने,‘अहिलेको वर्तमान मन्त्रालयको अवस्था कस्तो छ र आगामी रणनीति के हो त ? त्यो बुझ्नका लागि प्रधानमन्त्रीज्यूले आज सबै मन्त्री र सचिवहरुलाई बोलाउनु भएको थियो । सबै मन्त्रालयको ब्रिफिङ सुन्नुभयो । र त्यसको निर्देशन चाँही मंगलबार दिनुहुन्छ ।’

उनले मन्त्रालयहरुले आफ्ना समस्या, ऐन,र भावी रणनीति के हुने भन्ने कुराहरु राखेको पनि जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्