सुनसरी । जिल्ला प्रहरी कार्यालय सुनसरीले ठुलो परिमाणको लागुऔषध गाँजा बोकेको टाटा सफारी गाडीसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
आइतबार साँझ ईनरुवा नगरपालिका-९ स्थित बबिया चोकबाट प्रदेश १-०२-००२च ६८८३ नम्बरको टाटा सफारी गाडीमा रहेको ११५ किलो ७०० ग्राम लागुऔषध गाँजा सहित चालक धनकुटा साँघुरिगढी गाउँपालिका-१ का ३२ बर्षीय राम कुमार राई र गाडीमा सवार २२ बर्षीय बुद्ध लिम्बू समेतलाई नियन्त्रणमा लिईएको छ ।
लागुऔषध गाँजासहित पक्राउ परेका दुवै जनाको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।