विराटनगरको ग्यालेक्सी होटल स्कुलका विद्यार्थी पढाईसँगै अन्य क्षेत्रमा पनि उतिकै अब्बल

<span class='c1'>विराटनगरको ग्यालेक्सी होटल स्कुलका विद्यार्थी पढाईसँगै</span> <span class='c2'>अन्य क्षेत्रमा पनि उतिकै अब्बल</span>

विराटनगर । विराटनगर १० मा रहेको ग्यालेक्सी होटल स्कुल (कान्तिपुर प्लस टु) का विद्यार्थी पढाईमा मात्र हैन अन्य विविध क्षेत्रमा पनि अब्बल छन् भन्ने उदाहण प्रस्तुत गरेका छन् ।

सोमबार ग्यालेक्सी होटल स्कुलले विराटनगरको रत्न होटलमा आयोजना गरेको स्वागत तथा अभिमुखीकरण कार्यक्रममा विद्यार्थीहरुले प्रस्तुत गरेको आफ्नो कलाले कार्यक्रममा सहभागी सबैको मन छुएको थियो ।

ग्यालेक्सी होटल स्कुलले यसै बर्ष भर्ना भएका कक्षा ११ का नव आगन्तुक विद्यार्थीहरुलाई एक भव्य कार्यक्रमको आयोजना गरी स्वागत तथा अभिमुखीकरण समेत गराएको थियो । कार्यक्रममा यस अघि भर्ना भएका कक्षा १२ का विद्यार्थीहरुले पढाईका अतिरिक्त सांस्कृतिक कार्यक्रम गरेका थिए ।

कक्षा ११ मा भर्ना भएका नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत गर्नको निम्ती नाटक , नृत्य तथा गीत गाएर आफ्नो कला प्रस्तुती दिएका थिए । कार्यक्रममा उनीहरुले प्रस्तुत गरेको नाटकले कार्यक्रममा सहभागी भएका सबैलाई भावुक बनाएको थियो ।

उनीहरुले अहिलेको समय सान्दर्भिक विषय वस्तुलाई समेटेर नाटक प्रस्तुत गरेका थिए । आफ्ना छोरा छोरी भएर पनि बाआमाले माया नपाउनु , विदेशीएका छोराछोरीले आफ्ना वृद्धवृद्धा बा आमालाई बिरामी तथा मृत्यु मरण भएको बेला भेट्न नपाउदाको कथा वस्तुलाई नाटकको माध्ययमबाट प्रस्तुती दिएका थिए ।

नाटक हेरीरहँदा कार्यक्रममा सहभागी अतिथी तथा विद्यार्थीहरु निकै नै भावुक बनेका थिए । कार्यक्रममा विद्यार्थीहरुले नाटकसँगै नृत्य र गायन समेत प्रस्तुत दिएका थिए ।

बेलायतको शैक्षिक गुणस्तरमा सम्बन्धन प्राप्त भएको ग्यालेक्सी स्कुलले गत बर्षदेखी होटल म्यानेजमेन्ट सम्बन्धी पढाई गराउदै आएको स्कुलमा यसपटक १६७ जनाले भर्ना गरेको ग्यालेक्सी स्कुलका संचालक तथा सेफ कुमार दाहालले जानकारी दिए । ग्यालेक्सी स्कुलले “स्किल्स टु अर्न ( युके )“ संगको साझेदारीमा बेलायतको ट्रेनिङ क्वालिफिकेशन , युके बाट विद्यार्थीहरुलाई सर्टिफिकेट दिदै आएको छ ।

होटल क्षेत्रमा दक्ष जनशक्तिको विकास गर्न र पर्यटकीय क्षेत्रको स्तरोन्नति गर्न विराटनगरमा ग्यालेक्सी होटेल स्कुल (कान्तिपुर+२) कलेजको स्थापना गरिएको समेत कलेजका संचालक धिजन बाबु काफ्लेले बताए ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई मोरङका प्रमुख टंक प्रसाद गौतम , शैक्षिक प्रशासन महाशाखा कृष्ण प्रसाद भट्टराई , हिसान मोरङका सचिव एवंम कान्तिपुर कलेजका प्रिन्सीपल भुवन नेपाल लगायतले कलेजका संचालकहरुले विद्यार्थीहरुलाई उच्च शिक्षा हाशिलको निम्ती शुभकामना दिएका थिए । नेपाल परिक्षा बोर्ड अन्तर्गतको +२ लेभल र डिप्लोमा कक्षा संचालन गराईहेको यस कलेजले विद्यार्थीहरूलाई विशेषगरी प्रयोगात्मक शिक्षा दिई अध्यापन गराउदै आएको कलेजले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्