श्रीकृष्ण प्रणामी बाईजूराज महिला इकाई समिति विराटनगरमा सविता प्याकुरेल

<span class='c1'>श्रीकृष्ण प्रणामी बाईजूराज महिला इकाई</span> <span class='c2'>समिति विराटनगरमा सविता प्याकुरेल</span>

विराटनगर । श्रीकृष्ण प्रणामी बाईजूराज महिला इकाई समिति विराटनगरको निर्वाचन तथा साधारण सभाबाट अध्यक्ष पदमा सविता प्याकुरेल ढकाल निर्विरोध निर्वाचित हुनु भएको छ । श्री राधाकृष्ण प्रणामी मन्दिर विराटनगरमा भएको साधारण सभाबाट प्याकुरेल सर्वसम्वतबाट अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो ।

वार्षिक आय व्याय लगायत बाईजूराज समितिले गरेका कार्यहरू साथै आगामी कार्यक्रमहरू पारित गरिएको उक्त साधारण सभामा श्रीकृष्ण प्रणामी सेवा समिति नेपालका केन्द्रीय सल््लाहकार उद्धव रिजाल, बाईजूराज केन्द्रीय सदस्य पुष्पा तिम्सिना, केन्द्रीय सल््लाहकार शान्ता कटेल, प्रदेश सदस्य गोमा अधिकारी, जिल्ला अध्यक्ष द्रौपदी खनाल, विराटनगर मन्दिरका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद कोइराला, युवा परिषदका केन्द्रीय सदस्य गोकुल कोइराला, हरकपुर बाईजूराज अध्यक्ष सिता ढकाल, विराटनगर अध्यक्ष राज ढकाल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।


कमला दाहालको अध्यक्षतामा सम्पन्न साधारण सभामा कोषाध्यक्ष उमा सुबेदीले आय व्याय प्रतिवेदन, सचिव सविता ढकालले वार्षिक प्रतिवेदन पेस गर्नुभएको थियो । संयोजक पुष्पा तिम्सिना, सदस्य द्रौपदी खनाल र सदस्य राजुप्रसाद भट्टराई रहेको तीन सदस्यीय निर्वाचन समितिले निर्विरोध रूपमा निर्वाचन कार्य सम्पन्न गरेको थियो । नव गठित विराटनगर बाईजूराज महिला समितिमा अध्यक्ष सविता प्याकुरेल ढकाल , निवर्तमान अध्यक्ष कमला दाहाल ,उपाध्यक्ष देवी भट्टराई ,सचिव टीका प्रसाई सह सचिव तारा तिम्सिना ,कोषाध्यक्ष उमा सुबेदी सदस्यहरुमा चम्पा ढकाल मैया आचार्य अनिता ढकाल र केन्द्रीय प्रतिनिधि गोमा अधिकारी चयन भएको मन्दिर समितिका सदस्य हरि बजगाइले जानकारी दिनुभयो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्