वर्षेनी साढे तीन हजार भन्दा बढी सवारी दुर्घटना, चारसय जनाको मृत्यु

<span class='c1'>वर्षेनी साढे तीन हजार भन्दा बढी</span> <span class='c2'>सवारी दुर्घटना, चारसय जनाको मृत्यु</span>

विराटनगर । कोशी प्रदेशमा एकवर्षको अवधीमा तीन हजार ५६३ सवारी दुर्घटना भएका छन् । कोशीका १४ जिल्लामा भएको दुर्घटनामा एकवर्ष भित्र ३९७ जनाको मृत्यु भएको छ भने ६ हजार ७६ जना घाईते भएका छन् ।

कोशी प्रदेशमा आथिएक वर्ष २०८०÷२०८१ मा दुईलाख ५५ हजार ९१२ सवारीका धनी कारवाहीमा परेका छन् । यो कारवाहीबाट १७ करोड ३१ लख १५ हजार ९०३ रुपैँया राजस्व संकलन भएको तथ्यांक छ ।

कोशी प्रदेशभर गत आर्थिक वर्ष सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या अघिल्लो आर्थिक वर्षहरुमा भन्दा कम भएको छ । आर्थिक वर्ष २०७९÷२०८० मा तीन हजार ५१० सवारी दुर्घटना हुँदा ४१२ जनाको मृत्यु पाँच हजार ६०७ जना घाईते भएका थिए । तीन लाख १ हजार ८७१ सवाी धनी कारवाहीमा पर्दा २० करोड सात लाख ३५ हजार ५०० जरिवाना असुल भएको थियो ।

आर्थिक वर्ष २०७८÷२०७९ मा तीन हजार ८२० सवारी दुर्घटनामा परेका थिए । जसमा ५३१ जनाको मृत्यु र ६ हजार ६४८ जना घाईते भएको तथ्यांक छ । प्रहरीले २ लाख ६९ हजार ८२३ सवारी कारवाही गर्दा १८ करोड एकलाख ५८ हजार राजस्व संकलन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्