कोशी प्रदेशमा एकजना प्रहरीले हेर्नुपर्छ १११ घर

<span class='c1'>कोशी प्रदेशमा एकजना प्रहरीले</span> <span class='c2'>हेर्नुपर्छ १११ घर</span>

विराटनगर । कोशी प्रदेशमा एकजना प्रहरी बराबर १११ घरधुरीको सुरक्षा जिम्मेवारी रहेको छ । ११ लाख ९१ हजार ५५६ घरधुरी रहेको प्रदेशमा छ । यी घरपरिवारका सदस्यका हिसाबले एकजना प्रहरीले ४६३ जना नागरिक सुरक्षाको जिम्मेवारी निर्वाह गर्नुपर्ने अवस्था रहेको हो ।
कोशी प्रदेश प्रहरी कार्यालयको तथ्यांक अनुसार अप्रेशन यूनिटका आधारमा भने एक प्रहरीले ५६४ जना नागरिकको सुरक्षा जिम्मेवारी लिनुपर्ने हुन्छ । कोशीको जनसंख्या ४९ लाख ६१ हजार ४१२ रहेको छ ।

पच्चिस हजार ९०५ बर्ग किलोमिटर क्षेत्रफल रहेको कोशी प्रदेशभर १० हजार ७१७ प्रहरी दरबन्दी रहेको छ । जसमध्ये पनि हाल कार्यरत १० हजार ३२ जना छन् । प्रहरी र क्षेत्रफलको अनुपात हेर्दा १ जना प्रहरीले २.४२ बर्ग किलोमिटर दुरीको रेखदेख गर्नुपर्ने तथ्यांक छ ।

कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक भीम दाहालका अनुसार भौगोलिक विकटता र छरिएर बसोबास भएको जनसंख्याका कारण पनि कतिपय अवस्थामा सुरक्षाकर्मी परिचालन गर्न असहज हुने गरेको छ । खासगरी विपद्पछिको उद्धार तथा प्रतिकार्यका लागि पहाडी क्षेत्रका ग्रामिण भू–भागसम्म प्रहरी परिचालन गर्न असहज रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्