लोहन्द्रा खोलामा जिल्लास्तरीय कृत्रिम घटना अभ्यास

<span class='c1'>लोहन्द्रा खोलामा जिल्लास्तरीय</span> <span class='c2'>कृत्रिम घटना अभ्यास</span>

विराटनगर । बाढीबाट नागरिकको जीउधनको सुरक्षाका लागि मंगलबार यहाँ खोलामा कृत्रिम घटना अभ्यास गरिएको छ।

नेपाल रेडक्रस सोसाइटी मोरङ र विपद व्यवस्थापन समिति मोरङद्वारा बाढीमा आधारित जिल्लास्तरीय कृत्रिम घटना अभ्यास कार्यक्रम अन्तर्गत मोरङको जहदा गाउँपालिकाको रामचोकस्थित लोहन्द्रा खोलामा रवर बोटबाट बाढीबाट डुवेका नागरिकको उद्धारको कृत्रिम अभ्यास गर्ने कार्य सम्पन्न गरिएको छ। नेपाली सेना, सशस्त्र प्रहरी ,नेपाल प्रहरी र रेडक्रसका कार्यकर्ताहरुले पूर्व अभ्यासको क्रममा उद्धार गरिएको नागरिकको प्राथमिक उपचार, एम्वेलन्समा राख्ने र उपचारका लागि अस्पताल एवं स्वास्थ्य चौकी पठाउने जस्ता कार्य गरेका थिए ।

कृत्रिम अभ्यासकाको क्रममा अस्थायी आवास र गैर खाद्य सामाग्री व्यवस्थापन लगायतका कार्यक्रम सम्पन्न गरिएको थियो । सो अवसरमा मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले मोरङ क्षेत्रमा मनसुनको समयमा डुवान मुख्य समस्या रहेकोले सोबाट नागरिकको जीउधनको सुरक्षाका लागि जनशक्ति उपलब्ध रहेको बताउनुभयो । जहदा गाउँपालिकाका अध्यक्ष जीतेन्द्रप्रसाद साहले गाउँपालिकामा बर्षातको समयमा लोहन्द्र, सिंहिया खोलाले नागरिकको घर डुवान हुनाले यसको समाधान गर्नु आवश्यक रहेको विचार राख्नुभयो ।

रेडक्रस मोरङका अध्यक्ष सुवोधकुमार सिंहले आगामी दिन जिल्लामा आगलागीबाट जनताको उद्धार गर्ने सम्बन्धमा पूर्व अभ्यास गरिने जानकारी दिनुभयो। यस अघि रेडक्रस मोरङले सशस्त्र प्रहरी र जहदा गाउँपालिकालाई बाढी पीडितको उद्धारका लागि रु ३० लाख मूल्य बरावरको दुई थान रवर बोट लगायत सामाग्री सहयोग गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्