केयुको बीआइटी कार्यक्रम अब विराटनगरको एस्पायर कलेजमा

<span class='c1'>केयुको बीआइटी कार्यक्रम अब</span> <span class='c2'>विराटनगरको एस्पायर कलेजमा</span>

विराटनगर । विराटनगर–१४ मा रहेको एस्पायर कलेजमा यसै शैक्षिक सत्रबाट स्कुल अफ इन्जिनियरिङको बीआइटी कार्यक्रम सञ्चालनमा ल्याइएको छ ।

काठमाडौं विश्वविद्यालयले एक कार्यक्रम गरी विश्वविद्यालय र एस्पायर कलेजबीच साझेदारी रूपमा बीआइटी कार्यक्रम सञ्चालन गर्ने सहमति भएको हो ।

चार वर्षमा ८ सेमेष्टरमा अध्यापन गराइने सो कार्यक्रममा कक्षा ११ र १२ मा विज्ञान संकाय अध्ययन गरेर जीपिए २.० वा ५० प्रतिशत अंक ल्याएर उत्तीर्ण हुने विद्यार्थीहरूले भर्ना पाउन सक्ने छन् । काठमाडौं विश्विद्यालयको प्रत्यक्ष निगरानीमा चलिरहेको सो कलेजमा यसै वर्षदेखि आइटी कम्पनी समेत सञ्चालनमा आउँदै छ ।

विद्यार्थीलाई भर्नादेखि रोजगारसम्म सेवा पुर्‍याउने अभिप्रायले सञ्चालन गरिने सो आइटी कम्पनीमा विद्यार्थीहरूले इन्टर्न तथा रोजगारी पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्