विराटनगरका सडकमा अत्याधिक बत्ती जडान, संभावित जोखिमको छैन पूर्वानुमान

<span class='c1'>विराटनगरका सडकमा अत्याधिक बत्ती जडान,</span> <span class='c2'>संभावित जोखिमको छैन पूर्वानुमान</span>

इशु पन्त
विराटनगर ।
विराटनगरका विभिन्न स्थानका मुख्य तथा सहायक सडकमा जडान गरिने बक्तिले शहरलाई उज्यालो पारेपनि पारिस्थिति प्रणालीमा भने असर गरिरहेको छ । ‘सेल्फी रोड’ को अवधारणा तीव्र गतिमा फैलिँदै गएको छ । यस अन्तर्गत मूल सडकदेखि भित्री गल्लीहरूसम्म अत्यधिक बत्तीहरू जडान गरिएका छन्। विराटनगरमा एयरपोर्ट मोड, मात्रिका मार्ग, रामपुरको नहर क्षेत्र र विराटनगर–३ ठूलो मिलदेखि उत्तर बुद्ध चोकसम्म जाने स्थानहरूमा यस्ता उज्यालो सडकहरू देख्न सकिन्छ।

हुन त अहिले जताततै अत्याधिक बत्तीहरु जडान गर्ने क्रम चलेको छ । स्थानीय सरकारले शहरलाई उज्यालो बनाउने योजना अनुसार जडान गरेका बत्तीले भने वातावरणलाई असर गर्ने चिन्ता बढ्दै गएको हो । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक एवं वातावरण क्षेत्रका जानकार रामचन्द्र अधिकारीले यस प्रवृत्तिले ल्याउन सक्ने गम्भीर परिणामहरूबारे चेतावनी दिएका छन्। उनका अनुसार, रातको उज्यालोले वनस्पति र जीवजन्तुहरूको जैविक चक्रमा गम्भीर असर पार्दछ। विशेषगरी रातचर प्राणीहरू जस्तै चमेरो, उल्लू र विभिन्न किराहरू यसबाट बढी प्रभावित हुन्छन्।

अधिकारीले थप बताए, ‘हामीले देखेका छौं कि केही चमेरोहरू अत्यधिक उज्यालोका कारण दिशाभ्रमित भई दुर्घटनामा परेका छन् । यसबाहेक, बिरुवाहरूको फूल फुल्ने र फल लाग्ने चक्रमा पनि नकारात्मक असर परेको छ। यस्ता परिवर्तनहरूले समग्र पारिस्थितिक प्रणालीमा असन्तुलन ल्याउन सक्छ।’

उनले यस समस्याको समाधानका लागि केही सुझावहरू दिएका छन् । ‘बेलुकीको सीमित समयमा मात्र बत्ती बाल्ने र राति ९–१० बजे तिर बत्ती निभाउने व्यवस्था मिलाउनु पर्छ। साथै, भीडभाड कम हुने र प्राकृतिक वासस्थान नजिकका क्षेत्रहरूमा बत्तीको प्रयोग सीमित गर्नुपर्छ।’ सहरको विकास र वातावरण संरक्षणबीच सन्तुलन कायम नगर्ने कुराले दिर्घकालिन रुपमा गम्भीर असर पु¥याउने भनाई छ ।

सहरका सडक दायाँ–बाँया बोटबिरुवाको जरुरी बढ्दै गएको बेला स्टिल संरचना निर्माण गर्नु गलत हुने सुझाव छ । सबै भएका रुखहरु काटिएका वा मासिएका छन्, अधिकारीले भने–सहर कंक्रिट संरचनाले भरिएको छ, यस्तो बेला सडकमै स्टिल संरचना थप्नु झन् नकारात्मक हुन्छ ।

कतिपयले स्थानीय सरकारले सडकमा करेन्ट प्रवाह हुने स्टिल संरचना बनाउनु नागरिकका लागि मृत्यु पासो थापे जस्तो हुने समेत बताएका छन् । कंक्रिड संरचनाले भरिएको सहरमा पानीको निकास छैन, वर्षात्मा पानीको निकास सडकमार्फत हुँदा कुनै कारण बिजुलीको करेन्ट प्रवाह भएका स्टिल संरचनाबाट पानीमा लिकेज भए त्यसले एकै पटक धेरै नागरिक हताहत हुने जोखिम रहेको बताइन्छ । आवश्यकता अनुसार सडक बत्ती व्यवस्थापन गर्नु जायज भएपनि त्यसले निम्त्याउने संभावित जोखिम अनुमान गर्नुपर्ने कुरामा नगरवासीले समेत ख्याल गर्नुपर्नेमा जोड छ । चट्याङ हान्ने मौसममा समेत यी स्टिल संरचना जोखिम मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्