अझै पनि द्वन्द्वका घाउहरु मेटीएका छैनन् : अर्थमन्त्री पौडेल

<span class='c1'>अझै पनि द्वन्द्वका घाउहरु मेटीएका</span> <span class='c2'>छैनन् : अर्थमन्त्री पौडेल</span>

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले अझै पनि द्वन्द्वका घाउहरु नमेटिएको भन्दै शान्ति प्रक्रियालाई चाँडै निष्कर्षमा पुर्याउन आवश्यक रहेको बताएका छन् ।

बुधबार काठमाडौंमा इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेको ३२ औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले अझै पनि द्वन्द्वका घाउहरु बाँकी रहेकाले शान्ति प्रक्रियालाई एउटा निष्कर्षमा पुर्याउने बाँकी काम सम्पन्न गर्ने अभिभारा सबैको काँधमा रहेको बताए ।

उनले भने, ‘पछिल्ला दिनहरुमा हामी देखिआएका छौं, नेपालले एउटा अनुचित एउटा कहालीलाग्दो द्वन्द्वबाट नेपाली समाज मुक्त भएको छ । हिंसाबाट शान्तिमा रुपान्तरण गरेका छौं, शान्तिको स्थापना भएको छ, अझै पनि द्वन्द्वका घाउहरु मेटिएका छैनन् , शान्ति प्रक्रियालाई एउटा निष्कर्षमा पुर्याउने केही काम बाँकी नै छन् । यो शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्ने अभिभारा हामी सबैको काँधमा छ ।’

उनले शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन सबै निष्कर्षहरु पिडितमैत्री हुनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्