विराटनगर । प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित विराटनगरबाट एक जना युवा पक्राउ परेका छन् ।
विराटनगर महानगरपालीका वडा नम्बर १७ मटेरुवाबाट ४.०८ ग्राम ब्राउन सुगर सहित ईटहरी ४ बस्ने २५ बर्षिय अमन चौधरी बुधबार दिउँसो पक्राउ परेका हुन् ।
लागु औषध ब्राउन सुगर ओसार पसार भई रहेको भन्ने बिशेष सुचनाको आधारमा इप्रका रानी र लागु औषध ब्युरो विराटनगरको सयुक्त टोलीले भारतबाट नेपाल तर्फ पैदल आउँदै गरेको अवस्थामा चौधरी नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यलय रानी विराटनगरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।
चौधरीलाई जिल्ला अदालत मोरङबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको मोरङ प्रहरीले जनाएको छ ।