विराटनगर । ट्यालेन्ट रिक्यूटमेन्ट एण्ड हाउजिङ प्रालिले विराटनगर ११ मा रहेको मझुवा पोखरीको प्लटिङ गरेको घडेरी विक्री सुरु गरेको छ ।
विराटनगर महानगरपालिका- ११ स्थित बसपार्क दक्षिणमा रहेको मझुवा पोखरीको प्लटिङ जग्गालाई ट्यालेन्ट रिक्यूटमेन्ट एण्ड हाउजिङ प्रालिले बुधबारदेखी घडेरी बिक्रीको लागी ओपेनिङ थालेको छ ।
उत्त जग्गा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला परिवारको थियो । ३ वर्ष अगाडि नै उनले काठमाडौंका व्यवसायी दिपक मलहोत्राको टिमलाई प्रति कठ्ठा २ करोडको दरले बिक्री गरेका थिए । ट्यालेन्ट रिक्यूटमेन्ट एण्ड हाउजिङ प्रालिले पोखरीलाई पुरेर प्लटिङ गरेर अहिले प्रति कठ्ठा ४ देखी ६ करोडसम्म बिक्रीको लागी मुल्य तोकेको छ ।
दिपक मल्होत्रा, सुरेन्द्रबहादुर सिंह र धुव्र घिमिरेले खरीद गरेको मझुवा पोखरीलाई अन्तर्राष्ट्रिय मापदण्ड स्तरको घडेरीमा रूपान्तर गरेर प्रति धुर २० देखी ३० लाख सम्म रहेको छ । ४८ कठ्ठा १३ धुर जग्गालाई मल्होत्रा र उनका साझेदार पार्टरहरुले टुक्रा टुक्रा गरेर ६९ वटा जग्गा घडेरी बनाएका छन् । न्यूनतम ८ धुरदेखि १ कठ्ठासम्मको जग्गालाई एउटा घडेरी बनाएका छन् । घडेरी जग्गाको मुख्य सडक मार्ग २६ फिट रहेका छन् भने सहायक सडक मार्ग २० फिटका रहेका छन् ।
जग्गा धनी मल्होत्रा सहित उनका साझेदार पार्टनरले सुरुको ७ दिन भित्र जग्गा खरीद गर्ने जग्गा धनीलाई १० प्रतिशत छुट दिने घोषणा समेत गरिएको छ ।