विराटनगरको दिल्ली पब्लिक स्कुलमा विद्यार्थी नेतृत्व विकासको नयाँ अध्याय

<span class='c1'>विराटनगरको दिल्ली पब्लिक स्कुलमा विद्यार्थी</span> <span class='c2'>नेतृत्व विकासको नयाँ अध्याय</span>

विराटनगर । विराटनगर-५ स्थित दिल्ली पब्लिक स्कुलले एक नवीन पहल मार्फत शैक्षिक क्षेत्रमा उल्लेखनीय कदम चालेको छ।

विद्यालयले हालै २०२४ को शैक्षिक सत्रका लागि नयाँ विद्यार्थी परिषद्को गठन गरेको छ, जसले विद्यार्थीहरूमा नेतृत्व क्षमता र जिम्मेवारीबोधको विकासलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रजातान्त्रिक मूल्य र मान्यतालाई आत्मसात गर्दै, विद्यालयले निर्वाचन प्रक्रियाबाट विद्यार्थीहरूका लागि विद्यार्थी प्रतिनिधिहरू चयन गरेको छ ।

निर्वाचित पदाधिकारिहरूलाई पद तथा जिम्मेवारिको सफथ ग्रहण समारोहमा प्रमुख अतिथिको रूपमा कोशी प्रदेशका प्रहरी प्रमुख, डीआईजी चन्द्र कुवेर खापुङको उपस्थिति रहेको थियो। डीआईजी खापुङले नवनियुक्त विद्यार्थी नेताहरूलाई पद अनुसारको ब्याज तथा प्रमाणपत्र प्रदान गर्दै, उनीहरूको भूमिकाको गहनता र महत्त्व बारे प्रकाश पारे। उनले विद्यार्थीहरूलाई यस अवसरलाई केवल एउटा पद नभई, व्यापक जिम्मेवारी र सामाजिक दायित्वको रूपमा लिन आग्रह गरे। साथै, आफुले आफुलाई कहिलेइ नढाट्न साथै शैक्षिक उत्कृष्टता र व्यक्तिगत विकासबीच सन्तुलन कायम राख्न पनि जोड दिए।

विद्यालयका प्रधानाध्यापक बीबी लिम्बुले यस कार्यक्रमको दूरगामी महत्त्व बारे बताउँदै भने, "हामीले कक्षा ३ देखि १२ सम्मका सबै कक्षाहरूमा स्कुल प्रिफेक्ट निर्वाचित गरेका छौं। यो केवल एउटा औपचारिकता होइन, बरु विद्यार्थीहरूलाई वास्तविक जीवनका चुनौतीहरूको सामना गर्न तयार पार्ने एक महत्त्वपूर्ण कदम हो।"

समारोहमा शिक्षक, अभिभावक र विद्यार्थीहरूको उत्साहजनक सहभागिताले यस पहलप्रति समुदायको गहन चासो र समर्थनलाई प्रतिबिम्बित गरेको थियो। विद्यालय प्रशासनले यस्ता रचनात्मक गतिविधिहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ, जसले विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा टेवा पुर्‍याउदै उनीहरूलाई भविष्यमा सक्षम नागरिक र नेतृत्वकर्ता बन्न प्रेरित गर्ने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्