शास्त्रीय सङ्गीतका गुरु गुरुदेव कामतको निधन

<span class='c1'>शास्त्रीय सङ्गीतका गुरु</span> <span class='c2'>गुरुदेव कामतको निधन</span>

सिराहा । शास्त्रीय सङ्गीतका गुरु गुरुदेव कामतको आज निधन भएको छ ।

आज बिहान ७:३० बजे आफ्नै जन्मथलो सिराहाको लक्षम्पीर पतारी गाउँपालिका २ पोखरभिण्डामा ६९ वर्षको उमेरमा निधन भएको हो ।

कामत लामो समयदेखि मिर्गौला रोगबाट पीडित थिए। शास्त्रीय संगीतमा निकै श्रद्धाका साथ लिइने नाम गुरुदेव कामत उपचारका लागि आर्थिक सङ्कट भएपछि एक महिना अघि जन्मथलो फर्किएको उनका माइला छोरा प्रमिन्द्र कामतले जानकारी दिए ।

उनले पछिल्ला ४० वर्ष देखि निरन्तर काठमाडौँमा रहेर नेपाली गीत, संगीत, शास्त्रीय गायन क्षेत्रमा योगदान गर्दै आएका थिए । नेपाली संगीतमा अमूल्य योगदान गरेका कामतले आर्थिक अभावका कारण सही उपचार पाउन नसकेको बताइन्छ । उनको २०१२ साउन १७ गते सिराहाको पोखरभिण्डामा जन्म भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्